अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

उपप्रधान एवम् शिक्षा मन्त्री श्रेष्ठद्धारा मोटरेवल पुल शिलन्यास

वालिङ, २३ पौष ।
उपप्रधान एवम् शिक्षा मन्त्री गोपालमान श्रेष्ठले शनिबार पुतलीबजार नगरपालिका १३ र अर्जुनचौपारी १ मा पर्ने मैनीखामा ठाडोखेतमा मोटरेवल पुलको शिलान्यास गर्नुभएको छ । पक्की पुल शिलान्यास गर्दै उपप्रधान एवम् शिक्षामन्त्री श्रेष्ठले दरौं खोलामा निर्मित पुलले त्यस भेग वरपरका नागरिकको जीवनस्तर सहज बनाउने बताउँदै यहाँ उत्पादित बस्तु निकासी र बजारीकरणकालागि सहज बन्ने बताउनुभयो । शिलान्यास कार्यक्रममा पूर्व सांसद एवम् नेपाली कांँग्रेसका सभापति कमलप्रसाद पंगेनी, जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दास, स्थानीय समन्वय अधिकारी विश्वप्रकाश अर्याल, इञ्जिनियर तारानाथ पौडेल, भीरकोट नगर प्रमुख छायाँराम खनाल, समाजसेवी दीपक रोकाहा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष रेशबहादुर रोकाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दुर्गा अर्यालले स्वागत एवम् मनबहादुर रोकाले सञ्चालन गर्नुभएको थियो । ८० मिटर लम्वाई रहेको सो पुलमा बक्स पिलर सहित आउदो मंसिर मसान्तमा सम्पन्न गर्नेगरी ४ करोड ४१ लाखको लागतमा निर्माण सम्पन्न गरिने जनाईएको छ ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...