अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

शिक्षकहरुबीचमा अनुभव आदानप्रदान तथा भेटघाट

वालिङ, २३ पौष ।
नेल्टा स्याङ्जाले शनिबार जिल्लाभरीका संस्थागत विद्यालयका अंगे्रजी विषय शिक्षण गर्ने शिक्षकहरुबीचमा अनुभव आदान प्रदान तथा भेटघाट कार्यक्रम वालिङ १३ पहँेलेमा सम्पन्न गरेको छ । कार्यक्रममा नेल्टाका जिल्ला अध्यक्ष बुद्धिबहादुर क्षेत्रीले नेल्टाले विशेष अंगे्रजी विषय शिक्षण तथा समग्र शैक्षिक अभिवृद्धिकालागि सञ्चालन गरेका विभिन्न शैक्षिक क्रियाकलापहरुका साथै आगामी योजनाहरुका बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा अंगे्रजी शिक्षकहरुले शिक्षणकाक्रममा भएका अनुभवहरु आदान प्रदान गरेका थिए भने विषयगतरुपमा अझ प्रभावकारी कसरी बनाउन सकिन्छ भन्नेबारेमा छलफल गरेका थिए । कार्यक्रममा नेल्टाका पूर्व अध्यक्षहरु यामबहादुर कुँवर, कमलराज लम्साल, केवि गुरुङ, बीरेन्द्र माविका प्रधानाध्यापक ठगवीर रानालगायत जिल्लाका अंगे्रजी शिक्षकहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा भाईस चियर तोयनाथ कोईरालाले स्वागत र सचिव ओमविकास सिञ्जालीले सञ्चालन गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...