अहिले तरंगमा

Cine Songs

केहि छिनमा

National News

समाचार

बाँसपानी आधारभूत विद्यालयको २८औँ वार्षिकोत्सव सम्पन्न

वालिङ, २३  पौष ।
वालिङ २ फुटेढुङ्गास्थित बाँसपानी आधारभूत विद्यालयको २८औं वार्षिकोत्सव अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रदेशसभा सांसद मोहन रेग्मीले विद्यालयको शैक्षिक तथा भौतिक विकासकालागि आफ्नो तर्फबाट विशेष पहल रहने बताउनुभयो । कार्यक्रममा स्रोतव्यक्ति बोधप्रसाद अर्याल, जमानसिंह नेपाली, लेखनाथ काफ्ले, देवनारायण काफ्ले, देविप्रसाद बनबासी, विद्यार्थी सुरेन्द्र नेपाली लगायतले बोल्नुभएको थियो । कार्यक्रममा प्रधानाध्यापक घनश्याम अधिकारीले अनुमानित आव्यव्याय प्रस्तुत गर्नुभएको थियो । अक्षयकोषदाता लेखनाथ काफ्ले र घनश्याम अधिकारी, जग्गादाता शोभाखर काफ्ले र टुकाकुमारी काफ्लेलाई सम्मान गरिएको थियो । मैना कोईरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत गीता अर्याल र सञ्चालन जयन्तीदेवि कोईरालाले गर्नुभएको शिक्षक कृष्ण रिमालले जानकारी दिनुभयो ।