अहिले तरंगमा

Kayakairan

केहि छिनमा

Nepali Bahas

समाचार

गल्याङको प्रथम ऐतिहासिक नगर सम्मेलन सम्पन्न

वालिङ, २३ पौष ।
“सामाजिक चेतना, आत्मनिर्भर, समृद्धितर्फको ध्यान, अति विपन्न तथा गरीब परिवारका निम्ति सुनौलो अभियान” भन्ने नाराका साथ जनउत्थानकालागि सुनौलो अभियान गल्याङ नगरपालिकाको प्रथम ऐतिहासिक नगर सम्मेलन सम्पन्न भएको छ । कार्यक्रममा गल्याङ एफएमका स्टेशन म्यानेजर केपी खनालले एकतावद्ध भएर निरन्तर लाग्न सकेको खण्डमा संस्थाले गति प्राप्त गर्न सक्ने बताउनुभयो । कार्यक्रममा संस्थाका अभियान्ताहरु उदयराज भण्डारी, भाइराम विश्वकर्मा, प्रकाश डुम्रे, विशाल भट्टराई, पूर्णिमा परियार, सन्तोष पौडेल, गल्याङ बहुमुखी क्याम्पसका स्ववियु सभापति पे्रमनारायण रेग्मी, सामाजिक व्यक्तित्व तथा धार्मिक अभियान्ता शिशिर पुरुष लगायतले मन्तव्य राख्नुभएको थियो ।
संस्थामा प्रमुख अभियान्ता नारायण विश्वकर्माले, संस्थाको उद्धेश्य र संस्थाले गर्ने भावि योजनाकाबारेमा प्रकाश पार्नुभएको थियो । सम्मेलनबाट नारायण विश्वकर्माको संयोजकत्वमा पाँच सदस्यीय केन्द्रीय आयोजक समिति निर्माण गठन गरिएको छ । सदस्यहरुमा गल्याङ नगरपालिकाबाट उदयराज भण्डारी, चापाकोट नगरपालिकामा भाइराम विश्वकर्मा, वालिङ नगरपालिकाबाट प्रकाश डुम्रे र कालीगण्डकी गाउँपालिकाबाट आकृति न्यौपाने लगायत रहेका छन् । त्यस्तैगरी सोही भेलाद्वारा संस्थाको गल्याङ नगर समिति पनि गठन गरिएको छ । जसको संयोजकत्वमा महेन्द्र सापकोटा, सह–संयोजकमा सुरेन्द्र विश्वकर्मा तथा अन्य सदस्यहरु रहेका छन् । नव निर्वाचित संस्थाका संयोजक तथा प्रमुख अभियान्ता नारायण विश्वकर्माको सभापतित्वबाट सुरु भएको कार्यक्रममा स्वागत मन्तव्य अर्का संस्थाका अभियान्ता कमल भण्डारीले र सञ्चालन संस्थाका अभियान्ता प्रकाश सुनारले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...