अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

विपिको समाजवादमा समयसापेक्ष परिर्वतन आवश्यक ः कोईराला

news

कला राना
वालिङ, पौष २४ ।
नेपाली कागे्रसका केन्द्रिय सदस्य सेखर कोईरालाले हिजो र आजको समाजवादमा केहि अन्तर आएको भन्दै समयसापेक्ष परिर्वतन आवश्यक रहेको बताउनुभएको छ । नेपाली कागे्रस स्याङजा जिल्ला कार्यसमितिले आयोजना गरेको अन्र्तक्रियामा विपिको समाजवाद अन्तराष्ट्रिय जगतमा समेत विशिष्ठ रहेकाले पार्टीले उहाँको समाजवादलाई नविर्सिएको बताउनुभएको छ । 
कार्यक्रममा पुर्व सांसदहरु सारदा पौडेल, राजु थापा रसांसद खगेन्द्रराज रेग्मी, कास्कीका नेता देवराज चालिसे, महासमिति सदस्य गोविन्द रानाभाट, तुल्सी गिरी, नेता तारापति सुवेदी, धु्रव शर्मा, महिला संघकी शक्तिचन्द्र अधिकारी, युवा नेता मुक्ति अधिकारी, तरुण दलका चन्द्र राना, मुस्लिम नेता नसिवदिन मिँया, शिक्षक संघका लक्ष्मीप्रसाद रेग्मी, कृष्ण अर्याल, महिला संघका पुर्व केन्द्रिय सदस्य राजकुमारी गुरुङ, हिकमत श्रेष्ठ, बुद्धिसागर भण्डारी, चन्द्रमणि पौडेललगायतले बोल्नुभएको थियो । जिल्ला सभापति कमलप्रसाद पंगेनीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत प्रेमराज पौडेल र सञ्चालन प्रर्वक्ता ईन्द्र गोदारले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...