अहिले तरंगमा

Songs

केहि छिनमा

Bichitra Sansar

समाचार

नवनिर्वाचित सांसदद्धोय अर्याल र रेग्मीद्धारा सयुक्त रुपमा प्रवेशद्धार उद्दघाटन

news

कला राना
वालिङ, पौष २४ ।
 
नवनिर्वाचित सांसदद्धोय पद्मा अर्याल र मोहन रेग्मीले हिजो वालिङ ९ भुम्रेस्थित भुम्रे माध्यमिक विद्यालयमा प्रवेशद्धार एक समारोहका बीच उद्दघाटन गर्नुभएको छ । प्रवेशद्धारको सयुक्त रुपमा उद्दघाटन गर्दै सांसदद्धोय अर्याल र रेग्मीले स्याङजामा सम्रग शैक्षिक विकासको लागी आँफूहरुले विषेश पहल गर्ने बताउनुभयो । उहाँहरुले सामुदायिक विद्यालयमा विद्याथी र अभिभावकको आर्कषण बढाउनको लागी विभिन्न थप निति तथा योजनाहरु निर्माण गर्नुपर्ने बताउनुभयो ।
वालिङ ९ भुम्रेका एसके परिवारद्धारा भुम्रे माध्यमिक विद्यालयमा विद्यालय प्रवेशद्धारको निर्माण गरेका हुन् । स्वा. बहादुर सार्कीको स्मृतिमा उहाँका छोराहरु मित्रबहादुर एसके, धनबहादुर एसके, ओमबहदुर एसके र भिमबहादुर एसकेले प्रवेशद्धारको निर्माण गर्नुभएको हो । आफ्ना बुवाको स्मृतिमा विद्यालयले प्रवेशद्धारको निर्माणअनुमति दिनु आफ्नो परिवारको लागी निकै सुखद भएकाले विद्यालयको अन्य भौतिक तथा शैक्षिक विकासको लागी आफ्नो परिवारको तर्फबाट सधैँ साथ र सहयोग रहने बताउनुभयो । एसकेपरिवारले उक्त प्रवेशद्धार २ लाख ५५ हजार ५ सय ५५ मा सम्पन्न गरेका हुन् ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष टोपबहादुर विश्वकर्मा, दलित जनउत्थान समितिका अध्यक्ष गोपबहादुर विश्वकर्मालगायतले आफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो ।विद्यालयका प्रधानाध्यापक धनपति पंगेनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मित्रबहादुर एसके र सञ्चालन शिक्षक विकास लम्सालले गर्नुभएको थियो ।  यसैबीच सांसद अर्याल र रेग्मीको टोलीले आज वालिङ ८ को सितलनगर, मोड, नयाँबजार, पिपलबोट, बगालेटोल, तल्लो वालिङ, वनविभाग ९ को भुम्रे र भकुण्डेमा मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । 
जनताहरुको अमुल्य मतका कारण नै यो सफलता प्राप्त भएको भन्दै सांसदद्धोय अर्याल र रेग्मी १ महिनादेखि जनताको घरदैलोमा पुगी मतदाता धन्यवादमै रहनुभएको छ ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...