अहिले तरंगमा

Songs

केहि छिनमा

Nepal Khabar

समाचार

जनशक्ति बचत तथा ऋण सहकारी संस्थाको चौँथो साधारणसभा

कला राना
वालिङ, पौष २४ ।
जनशक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ १३ पाठखोलाको चौँँथो वार्षिक साधारणसभा आईतबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै सांसद पद्मा अर्यालले सहकारीहरुले आफ्ना नति र सिद्धान्तलाई टेकेर देशको अर्थतन्त्रलाई माथि उकास्न महत्वपूर्ण योगदान पु¥याउनुपर्ने बताउनुभयो ।  अर्यालले सहकारी मुलुकको आर्थिक पक्षको खम्बा भएकाले सहकारी उत्पादनमा जानुपर्छ भन्ने मान्यता सहकारी संस्थाले लिएकाले प्रचलित ऐन नियम र मुल्य मान्यतामा रहनुपर्ने आवश्यकता औल्याउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख दिलिप बगाले, वडा अध्यक्ष आनन्द पाठक, शिक्षक संगठनका जिल्ला अध्यक्ष यामबहादुर कुँवरलगायतले सहकारी जनमुखी  हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सल्लाहकार पुर्णचन्द्र गौतमले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।  संस्थाकी अध्यक्ष मिना पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष राधिका गैह्रेले स्वागत र सचिव रेनुमाया पाठकले गर्नुभएको थियो । कार्यक्रममा सांसदलाई अभिनन्दन गरिएको थियो भने ८४ वर्ष माथिका ६ जना जेष्ठ नागरिक, शिक्षाप्रेमी यज्ञ पाठक, भगिरथ गौतम र समाजसेवी रुक्मागत पाठकलाई सम्मान गरिएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...