अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

हाम्रो बचतको अध्यक्षमा पुनः सूर्य प्रसाद डुम्रे

गल्याङ, पौष २४
स्याङ्जाको गल्याङ नगरपालिका वडा नं ३ स्थित हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सातौं साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ  ।
साधारण सभाको उद्दघाटन गर्दै नेपाल कफि व्यवसायी संघका केन्द्रीय अध्यक्ष श्याम प्रसाद भण्डारीले सहकारीहरु सहकारीको नीति नियम भित्र रहेर नाफामुखी भन्दा पनि सेवामुखी र उत्पादनका क्षेत्रमा ध्यान दनि आवश्यक भएको बताउनुभयो । कार्यक्रममा गणेश प्रसाद वस्याल, किसान श्रेष्ठ, राजेन्द्रदेव खनाल, ढाकाराम न्यौपाने,पदम बहादुर गाहा मगर, लेखनाथ चापागाई लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष सूर्य प्रसाद डुम्रेले ११ करोड ४ लाख ५सय ५६ रुपैया वरावरको आयव्यर्य प्रस्तुत गर्नुभएको थियो ।
 
कार्यक्रममा संस्थाका कोषाध्यक्ष काशी प्रसाद भण्डारीले लेखा परिक्षणको प्रतिवेदन र लेखा संयोजक दुर्गा प्रसाद भण्डारीले् आन्तरिक प्रतिवेदन  र संस्थाका व्यवस्थापक चम्फा सिं थापाले संस्थाको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । अधिवेशनले पुनःसूर्य प्रसाद डुम्रेको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा नेत्रलाल भूषाल, सचिव डोल बहादुर थापा, कोषाध्यक्षमा काशी प्रसाद भण्डारी,सहसचिव टुकराज पाठक रहनुभएको छ । 
 
अधिवेशनले दुर्गा प्रसाद भण्डारीको संयोजकत्वमा ५ सदस्यीय लेखा समिति चयन गरेको छ भने पदम बहादुर गाहा मगरको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरेको छ । दुर्गा प्रसाद भण्डारी (गल्कोट फार्मेसी)को संयोजकत्वमा ५ सदस्यीय सल्लाहाकार समिति चयन गरेको छ । राजेन्द्रदेव खनालको संयोजकत्वमा ५ सदस्यीय धितो मुल्याङकन समिति गठन गरेको छ । श्यामलाल रिजालको संयोजकत्वमा शिक्षा उपसमिति गठन गरेको छ ।
 
कृष्णमोहन भूषालको संयोजकत्वमा  २ सदस्य बजार अनुगमन समिति गठन गरेकोछ ।कार्यक्रममा संस्थाले एस इ इमा उत्कृष्ठ अंक ल्याउने १ जना,जेष्ठनागरिक निर्वाचित कार्य समितिलाई सम्मान गरेको छ । संस्थाका अध्यक्ष सूर्य प्रसाद डुम्रेको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष नेत्रप्रसाद भूषालले र कार्यक्रमको सञ्चालन सचिव डोल बहादुर थापा मगरले गरेका थिए । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...