अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

सहकारीद्धारा विद्यार्थीलाई न्यानो कपडा वितरण

वालिङ, पौष २४ ।
भिरकोट नगरपालिका वडा न.ं १ जगतपुर स्थित लक्ष्मी प्राथमिक विद्यालयमा अध्ययनरत ३४ छात्रछात्रा लाई न्यानो कपडा स्वरुप स्वीटर वितरण गरिएको छ ।
शुभलक्ष्मी सहकारी संस्था द्घारा वितरण गरिएको स्विटर संस्थाका अध्ययन भक्तबहादुर केसी ले विद्यालय व्यवस्थापन समितीका अध्यक्ष ढाल विक्रम खाडलाई हस्तान्तरण गर्नुभएको थियो । उक्त वितरण कार्यक्रममा भिरकोट नगरपालीका का शिक्षा प्रमुख विद्यालय निरीक्षक टंक ढकाल ,खुमाकान्त खनाल लगायतले  सहकारी संस्थालाइ धन्यवाद दिदै आ आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।  कार्यक्रम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष ढाल विक्रम खाडको अध्यक्षतामा स्वागत प्रध्यानाध्यापक गंगाधर गौतम , धन्यवाद शिक्षिका हिरादेवी रिजाल  र शिक्षक भक्तबहादुर गोदारले संचालन गर्नुभएको थियो
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...