अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

चाँदनी बचत तथा ऋण सहकारी संस्थाको आठौँ साधारण सभा

 
स्याङजा, पौष २४ ।
चादनि बचत तथा ऋण सहकारी संस्था नयाँबजार स्याङजाको आठौ साधारणसभा चौथोअधिबेशनले लोकनाथ रेग्मीको अध्यक्षतामा संचालक समिति गठन गरेको छ ।
समितिको उपाध्यक्ष टेक बहादुर भुजेल, सचिब कृष्ण प्रसाद रेग्मी, सहसचिब
सबिना कार्की, कोषाध्यक्ष हुकुम बहादुर थापा, सहकोषाध्क्षमा नबदत्त रेग्मी
रहनु भएको छ । समितिको सदस्यहरुमा सरस्वती थापा, चन्द्र कुमारी भुजेल,
गोबिन्द प्रसाद रेग्मी, हुम बहादुर आले, राजेन्द्र कार्की रहनु भएको छ ।
 
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सिता कुमारी सुन्दासले सहककारी
आपसमा सककार्य गर्दै काम गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले सहकारीहरु
नाफा मुखि भन्दा पनि सेवा मुखी हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नगर
प्रमुख सिमा क्षेत्री, अमरनाथ रेग्मी, योगेन्द्र बहादुर कार्की, शैलेन्द्र जंग
कार्की, कमला गुरुङ् लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा अध्यक्ष
लोकनाथ रेग्मी, निति तथा कार्यक्रम, सचिब कृष्ण प्रसाद रेग्मीले संस्थाको
सांगठनिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...