अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

माविस्तरीय हाँजिरिजवाफ प्रतियोगिता भुम्रेमा सम्पन्न, प्रथमपाईनियज मावि प्रथम

news

वालिङ, २६ पौष ।
भुम्रे माध्यमिक विद्यालय वालिङ ९ भुम्रेमा रहेको जुनियर रेडक्रस सर्कल तथा सृजनशील बालक्लबको आयोजनामा वालिङ नगर माविस्तरीय हाँजिरिजवाफ प्रतियोगिता मंगलबार विद्यालय प्राङगणमा सम्पन्न भएको छ । कुल १७ विद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा पाईनियज आवसिय मावि प्रथम, सगरमाथा आवसिय मावि द्धितिय, बालविद्याविकास मावि तृतिय र राष्ट्रिय मावि आँपठाली सान्त्वना भएका छन् । 
त्यस्तै जनहित माविले अनुशासित पुरस्कार प्राप्त गरेको छ । उत्कृष्ठ हुने विद्यालयहरुलाई पुरस्कृत गर्दै प्रदेश सभा सांसद मोहन रेग्मीले यस्ता शैक्षिक क्रियाकलापहरुले विद्यार्थीहरुबीचमा आपसी भाईचाराको विकास गर्ने  र शैक्षिक उन्नतिमा महत्पुर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो । सामुदायिक विद्यालयमा शैक्षिक अभिवृद्धिको लागी विषेश कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पुर्णामृत भवानी माविका स्रोतव्यक्ति भरतप्रसाद बगाले, विद्यालय व्यवस्थापन समिति अध्यक्ष टोपबहादु विश्वकर्मा, प्रधानाध्यापक धनपति पंगेनी, शिक्षक विकास लम्साल, गोविन्दप्रसाद काफ्लेलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । जुनियर रेडक्रस सर्कल भुम्रेका अध्यक्ष सुनिता एसकेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सृजनशील बालक्लबकी अध्यक्ष एलिना सुनार र सर्कलका सचिव गोविन गैह्रेले सञ्चालन गर्नुभएको सर्कलका शिक्षक नायव चिरञ्जीवि अर्यालले जानकारी दिुनभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...