अहिले तरंगमा

Kayakairan

केहि छिनमा

Nepali Bahas

समाचार

४५ दिने बुटिक तालिम जगतभञ्याङमा

वालिङ, २६ पौष ।
वालिङ नगरपालिका ५ जगतभञ्याङमा महिलाहरुको लागी ४५ दिने बुटिक तालिम मंगलबार सम्पन्न भएको छ । सिप विकास केन्द्र पोखराको आयोजना, लुम्बिनी पोलिटेक्निकल ईस्टिच्युड बुटवल र वालिङ नगरकार्यपालिकाको सहकार्यमा तालिम सम्पन्न भएको हो । तालिमको समापन गर्दै नगरप्रमुख दिलिपप्रताप खांणले सहभागि महिलाहरुलाई तालिमको भरपुर प्रयोग गर्दै आत्मनिर्भर हुन आग्रह गर्नुभयो । सिपमुलक तालिमकै माध्यमबाट महिला उद्यमी हुने भन्दै तालिमलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । 
कार्यक्रममा नगरकार्यपालिका सदस्य जमुना खड्का, कागे्रसका नगरप्रसाद रेग्मी, एमालेका धनुषचन्द्र खड्का, सिपविकास केन्द्र पोखराका प्रमुख तिलकराज रिजाल, वडा सदस्य केशबहादुर थापा, सहभागि कुमारी एसकेलगायतले बोल्नुभएको थियो ।  तालिममा वडाका २० जना महिलाहरुको सहभागिता रहेको तालिममा मालती मल्लले सहजीकरण गर्नुभएको थियो । वडा अध्यक्ष ढाकाराम पंगेनी सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सिपविकासका तुल्सी पौडेल र स्वागत ईन्टिच्युडका अरुण अर्यालले गर्नुभएको सहकर्मी तिलक गुरुङले जानकारी दिनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...