अहिले तरंगमा

केहि छिनमा

समाचार

हिमसिखर आधारभुत विद्यालय पेखूठानाको १४ औँ वार्षिकउत्सव

वालिङ, २६ पौष ।
वालिङ १४ पेखूठाना स्थित हिमसिखर आधारभुत विद्यालयको १४ औँ वार्षिक उत्सव तथा अभिभावक दिवश मंगलबार सम्पन्न भएको छ । वार्षिक उत्सवको उद्दघाटन गर्दै वालिङ नगरकार्यपालिकाका प्रशासिकय अधिकृत भिकान्त पौडेलले नगरपालिकाको तर्फबाट विद्यालयको शैक्षिक गुणस्तर बृद्धिको लागी विषेश पहल गर्ने बताउँदै सामुदायिक विद्यालयमा शैक्षिक विकासको लागी सम्बन्धीत सबै पक्षमा आग्रह समेत गर्नुभयो । 
कार्यक्रममा कार्यपालिकाका लेखा अधिकृत ज्ञानप्रसाद अर्याल, वडा नं. १४ का वडा अध्यक्ष झम्मरबहादुर श्रेष्ठ, स्रोतव्यक्ति निमप्रसाद पौडेल, मेघनाथ पौडेल, चन्द्रबहादुर कुँवर, श्याम खांण, आशा खांणलगायतले विद्यालयले शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो ।  कार्यक्रममा विद्यालयका प्रधाध्यापक मित्रलाल खनालले १४ लाख ८३ हजार ५ सय ९६ रुपैँया ९५ पैसाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने विभिन्न विधामा उत्कृष्ठ हुने विद्यार्थीहरुलाई पुरस्कार पनि वितरण गरिएको थियो । साथै विद्यालयमा कक्षा ६ सञ्चालन गर्ने, आईसिटि वेश एजुकेशन सञ्चालन गर्ने र भवन निर्माण गर्ने भावी योजना बनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर खांण राजेन्द्रको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत शिक्षिका ज्ञानकुमारी द्धारे र सञ्चालन शिशिका सन्तु खांणले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...