अहिले तरंगमा

Songs

केहि छिनमा

Bichitra Sansar

समाचार

व्राईटलाईन बोडिङ स्कूल वालिङ ५ को आठौँ वार्षिकउत्सव

वालिङ, २६ पौष ।
व्राईटलाईन बोडिङ स्कूल वालिङ ५ को आठौँ वार्षिक उत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । वार्षिकउत्सवको उद्दघाटन गर्दै स्रोत व्यक्ति टोपबहादुर थापाले विद्यालयमा शैक्षिक गुणस्तर बृद्धिको लागी अभिभावक समेत सचेत हुनुपर्ने भन्दै यसमा शिक्षक विद्यार्थी र अभिभावकका त्रिकोणात्मक सम्बन्ध हुनुपर्ने बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष ढाकाराम पंगेनी, नेल्टाका जिल्ला सचिव ओमविकास सिंजाली, कागे्रसका नरप्रसाद रेग्मी, अभिभावक चित्रप्रकाश रेग्मी र सुनिता खड्का, पिन्सीपल दिपक पराजली, पुर्व शिक्षक लिलबहादुर थापालगायतले बोल्नुभएको थियो ।  विद्यालय सञ्चालक समिति अध्यक्ष धनुषचन्द्र खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिषक अम्मरबहादुर थापा र स्वागत बसन्त रेग्मीले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न विधामा उत्कृष्ठ हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...