अहिले तरंगमा

Bani Bahas

केहि छिनमा

Aandhikhola Khabar

समाचार

बिपिसीको मुल्य बृद्धि समायोजन गर्न संघर्ष समिति गठन

news

तोलाकान्त बगाले
वालिङ, ०७ साउन
बुटवल पावर कम्पनीले विद्युत महशुलमा गरेको मुल्य बृद्धि समायोजन गर्नकालागि संघर्ष समिति गठन भएको छ ।स्याङ्जाको वालिङमा वालिङ उद्योग वाणिज्य संघको पहलमा सरोकारवालाहरुको बृहत भेलाले बिपिसीले अन्र्तक्रिया नै नगरी एक्कासी गरेको मुल्य बृद्धिलाई पुनः समायोजन गर्न दबाब दिने, बिपिसी स्थापनाकासमयमा प्रभावित क्षेत्रका बासिन्दासँग भएका सम्झौता कार्यान्वयनकालागि दबाब दिने उद्धेश्यले संघर्ष समिति गठन गरिएको हो । जिल्लास्थित सबै राजनीतिक दल, उद्योगी, ब्यापारीलगायतको सामूहिक निर्णयबाट तत्कालकालागि वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलको संयोजकत्वमा बुधबार २८ सदस्यीय मुल्य पुनः समायोजन संघर्ष समिति गठन गरेको हो ।  “बुटवल पावर कम्पनीले कम्पनी घाटामा गएको बाहना बनाएर चर्कोरुपमा मुल्य बृद्धि गरी सर्वसाधारणको ढाड सेक्ने काम गरेको छ यसमा हाम्रो आपत्ती छ” वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष एवं संघर्ष समितिका संयोजक पौडेलले भन्नुभयो, “मुल्य बृद्धि गर्नेभए सरोकारवालाहरुसँग अन्र्तक्रिया गरेर त्यो पनि थेग्नेगरी गर्नुपथ्र्यो एकैचोटी चार सय प्रतिशतसम्म मुल्य बृद्धि हुनु दुखद पक्ष हो ।” बिपिसीले सञ्चालन गरेको आँधीखोला जलविद्युत आयोजना हाल स्याङ्जाको जगत्रदेवि र तुल्सीभञ्ज्याङ गाविसमा सञ्चालित ९.४ मेगावाटको विद्युत आयोजना हो । उता झण्डै ३२ हजार सेवाग्राही रहेको बुटवल पावर कम्पनीले असार मसान्तसम्म प्रति युनिट १ रुपैयाँ ७५ पैसामा विद्युत दिंदै आएकोमा नेपाल सरकार विद्युत महशुल निर्धारण आयोगमार्फत साउन १ गतेबाट लागू हुनेगरी प्रति युनिट ८ रुपैयाँ ५० पैसा पु¥याएको हो । “यो नियम लागू हुने हो भने बुटवल पावर कम्पनी (विपिसी) का ३२ हजार ग्राहक मध्ये ग्रामीण भेगमा बस्ने आधाजसो सेवाग्राहीलाई पहिलेकोभन्दा पनि आधा सस्तो पर्न जान्छ” विपिसी गल्याङ शाखाका प्रमुख डोल खरेलले भन्नुभयो, “जसले धेरै विद्युत खपत गर्छ, उस्ले धेरै आम्दानी गर्छ र स्वतःरुपमा धेरै विद्युत खपत गरेपछि धेरै रकम तिर्नु स्वभाविक पनि हो ।”