अहिले तरंगमा

Songs

केहि छिनमा

Bichitra Sansar

समाचार

भुकम्प प्रतिरोधी आवास निर्माण सम्बन्धि अन्तरक्रिया

वालिङ, २६ पौष ।
स्याङजाको गल्याङ नगरपालिका वडा नम्बर ६ स्थित पिडिखोलामा भुकम्प प्रतिरोधी आवास निर्माण सम्बन्धि अन्तरक्रिया सम्पन्न भएको छ । अन्तरक्रियामा भुकम्प लाभग्राहीले पहिलो किस्ताको रुपमा रु ५० पाएपछि र अब अपनाउनु प्रक्रियाहरुका बारेमा प्राविधिक टोलीले स्पष्ट पारेको थियो । यस्तै अन्तरक्रियामा आवास निर्माण गर्दा कसरी बलियो बनाउन सकिन्छ भन्ने बारेमा छलफल भएको थियो । त्यस्तै निर्माण भइसकेका आवासहरुले अपनाउनुपर्ने प्रक्रिया र कस्तोलाई भुकम्प लाभग्राही भनिनेबारेमा छलफल भएको थियो । 
 
वडा कार्यालय भवनमा भएको अन्तरक्रियामा पुर्व स्रोत व्यक्ति रामकान्त शर्मा, वडा सदस्य बिन बहादुर कुवँर, जीवनाथ शर्माले आ आफ्नो मन्तव्य व्यक्त गर्नुभएकोे थियो । यसैगरि छुटेका भुकम्प पिडितहरुले गुनासो दर्ता लगायत विविध विषयमा छलफल गरिएको थियो । अन्तरक्रियामा विभिन्न संघसंस्थाका प्रतिनिधि, वुद्धिजीवि, भुकम्प पिडितहरुको उपस्थिती रहेको कार्यक्रम वडा नम्बर ६ का वडाध्यक्ष टिकाराम भुषालको सभापतित्वमा वडा सचिव भगवानलाल शाहले सञ्चालन गर्नुभएको थियो ।
 
यसैबीच उता लक्ष्मी स्मृति पुस्तकालय स्याङजा र रिड नेपालले सयुक्त रुपमा भुइचालो सम्बन्धि जनचेता मुलक कार्यक्रम गरेको छ । पुस्तकालय र रिड नेपालले त्रिभुवन आर्दश माबिमा कक्षा १ देखि ३ सम्मका २६ जना बिद्यार्थीलाई कागजी नाटक देखाइएको हो । भुइचालो किन जान्छ, कसरी जान्छ, बिद्यालयमा भुइचालो गएमा के गर्ने भन्ने बिषयामा नाटक मार्फत प्रस्टाइएको थियो । कार्यक्रममा बिद्यालयका प्राधानाध्यपक मुक्ति प्रसाद न्यौपानेले सहजिकरण गर्नु भएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...