अहिले तरंगमा

Cine Songs

केहि छिनमा

National News

समाचार

शैक्षिक गुणस्तरको वृद्धिका लागी राज्यबाटै विभिन्न निति योजनाहरु ल्याउनुपर्नेमा सांसद अर्यालको जोड

news

वालिङ, ६ माघ ।
नवनिर्वाचित प्रतिनिधि सभा सांसद पद्मा अर्यालले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तरको वृद्धि गर्नका लागी राज्यबाटै विभिन्न निति योजनाहरु ल्याउनुपर्ने बताउनभएको छ । राज्यबाट थप निति तथा योजनाहरुलाई कडाईका साथ कार्यान्वयन गर्न सकियो भने सामुदायिक विद्यालयमा खस्किएको गुणस्तरलाई पर्नताजगी गर्न सकिने बताउनुभयो । स्याङजाको वालिङ नगरपालिका १४ गाजनेमा रहेको कालीगण्डी माध्यमिक विदालयको ३०औँ वार्षिकोत्सव तथा अभिभावक दिवशलाई शुक्रबार विद्यालय प्राङगणमा सम्बोधन गर्दै राज्यले लगानी गरेअनुसार सामुदायिक विद्यालयबाट अहिलेको अवस्थामा सन्तोषजनक उपलब्धी प्राप्त गर्न नसकिएको भन्दै यसमा शिक्षक विद्याथी र अभिभावक समेत सचते हुनुपर्ने बताउनुभयो । शैक्षिक चेतनाको अभिबृद्धिले नै समाज र सिंगो मुलुकमा परिर्वतन ल्याउन सकिने भन्दै शैक्षिक विकासको लागी आफ्नो विषेश पहल रहने बताउनुभयो ।
कार्यक्रममा प्रदेश सांसद मोहन रेग्मीले प्राविधिक शिक्षामा जोड दिनुपर्ने भन्दै सैद्धान्तिक शिक्षाप्रणाली भन्दा व्यवहारिक तथा प्राविधिक शिक्षा नै जिवनउपयोगी हुने बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष झम्मरबहादुर श्रेष्ठ, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष यामबहादुर कुँवर, यामप्रसाद लुँईटेल, अनन्तराज अर्याल, सुर्यप्रसाद खनाल, टिकाराम न्यौपानेलगायतले बोल्नुभएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ताराप्रसाद लुईटेलले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रमानन्द डुम्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक दिपक डुम्रेले गर्नुभएको थियो ।