अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

पाँचौ स्याङजा महोत्सव तयारीका विषयमा सदरमुकाम स्याङजामा अन्र्तक्रिया

news

वालिङ, ६ माघ ।
पाँचौ स्याङजा महोत्सव सभ्य र भव्यरुपमा सम्पन्न गर्नको लागी सदरमुकाम स्याङजामा बृहत अन्र्तक्रिया गरिएको छ । स्याङजा उद्योग वाणिज्य संघले आगामी  माघ २८ देखि सञ्चालन गर्ने महोत्सवको लागी जिल्लाका क्रियाशिल राजनितिक दलका प्रमुख, जनप्रतिनिधिहरु, सरकारी कार्यालयका प्रमुख, गैह्रसरकारी कार्यालयका प्रमुख, नागरिक समाजका समाज र पत्रकारबिचमा अन्र्तक्रिया गरिएको हो । कार्यक्रममा पुतलीबजार नगरप्रमुख सिमा क्षेत्रिले स्याङजा महोत्सव समग्र स्याङजाको समृद्धिमा कोसे ढुङगा सावित हुने भन्दै महोत्सव सफल पार्न सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । 
कार्यक्रममा उपप्रमुख महेश पुरी, कागे्रसका प्रर्वक्ता ईन्द्र गोदार, एमालेका सल्लाहकार लोकराज शर्मा, माओवादी केन्द्रका नगरअध्यक्ष नारायणप्रसाद  लम्साल, राप्रपा प्रजातान्त्रिकका जयनारायण श्रेष्ठ, राप्रपाका गुप्तबहादुर मल्ल, प्रहरी निरिक्षक ऋषि घर्तीमगर, गैह्रसरकारी महासंघका अध्यक्ष कमलप्रसाद पौडेल, स्याङजा उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष महोदेव श्रेष्ठलगायतले महोत्सवले स्थानीय वस्तुलाई प्रर्वद्धन गर्ने र आर्थिक स्तरमा बृद्धि गर्ने बताउनुभएको छ । संघका अध्यक्ष विक्रान्तकुमार श्रेष्ठ सुर्वणको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रथम उपाध्यक्ष हिकमत श्रेष्ठले स्वागत, महासचिव भिमकुमार श्रेष्ठले सञ्चालन र तृतिय उपाध्यक्ष सुनिता श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...