अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

कालीगण्डकी गाउँपालीकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई

news

वालिङ, ६ माघ ।
कालीगण्डकी गाउँपालिका स्याङजाले आ.व २०७४÷०७५ मा विषयगत निकायले प्रदान गर्ने सेवा,सुविधा र प्रभावकारीता विषयक प्रथम चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । कालिगण्डकी गाउँपालिकाको आयोजना र वागेश्वरी असल शासन क्लव(बास) स्याङ्जा शाखाको सहजिकरणमा सुनुवाई गरिएको हो ।  सेवाग्राही वाट आएका प्रश्नहरुको जवाफ दिदै गाउँपालिकाका अध्यक्ष खिम वहादुर थापाले गाउँपालिकाले आ.व २०७४÷०७५ मा शिक्षा,स्वास्थ्य,वाटो, खानेपानि ,कृषि, पशुपालन लगायतका विकासको लागी वजेटको व्यवस्था गरी सोही काममा खर्च गरी गाउँपालिकालाई समृद्ध वनाई देशकै नमूना गाउँपालिकाको रुपमा स्थापित गर्ने वताउनु भयो । 
सार्वजनिक सुनुवाई कार्यक्रममा वोल्दै गाउँपालिकाका उपाध्यक्ष सावित्रा कोईरालाले जन आपेक्षा अनुरुप क्रमश विकास निर्माणको काम गर्दै अवको ५ वर्षमा गाउँपालिकालाई हराभरा वनाई रोजगारीको अवसर सिर्जना गरी यूवालाई आफ्नै गाृउँ ठाउमा जिविकोपार्जन गर्ने व्यवस्थापन मिलाउने कुराको उल्लेख गर्दै महिलाहरुको क्षमता अभिवृद्धिका लागी विभिन्न शिप मूलक तालिम दिने वताउनु भयो । 
 गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश खनालले आ. व २०७४÷ ०७५ को प्रथम चौमासीक गतिविधि, कार्ययोजना प्रक्रिया र कार्यान्वयनको वारेमा जानकारी गराउदै गाउँपालिकाले प्रथम चौमासिकमा २१ लाख ३६ हजार राजश्व संकलन गरेको वताउनुभयो । सार्वजनिक सुनुवाई कार्यक्रममा वडा अध्यक्षहरु क्रमशः शोवीलाल चौतारे, नरवहादुर राना, चक्रपाणी पाण्डे, लोकेदार थापा, लिलावल्व अधिकारी, मुक्तिप्रसाद भट्टराईले वडाले चौमासिक अवधिमा गरेका विकासे योजनाका कामको वारेमा जानकारी गराउनुभएको थियो । 
कार्यक्रममा सहभागिहरुले जनप्रतिनिधिहरुले चुनावको वेलामा जनतालाई गरेको प्रतिवद्धता नभुल्न आग्रह गर्दै गाउँपालिकाको संरचना, वाटो पिउनेपानी, सिचाई, कृर्षि, पशुपालन ,शिप मुलक तालिम, रोजगारलगायतका विषयमा गुनासा गरेका थिए  । गाउँपालिका प्रवक्ता  शोभीलाल चौतारेको स्वागतसंगै शुरु भएको कायक्रममा एवं सहजिकरण बास स्याङजा शाखाका अध्यक्ष चुत्र वहादुर महतले गनुभएको थियो । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...