अहिले तरंगमा

Cine Songs

केहि छिनमा

National News

समाचार

गल्याङको भानुमा शैक्षिक सामाग्री वितरण

वालिङ, ६ माघ ।
स्याङजाको गल्याङ नगरपालिका वडा नम्बर ३ स्थित भानुभक्त आर्चाय माध्यमिक विद्यालयको शारीरिक अशक्त बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । फोटो ग्राफर यसोसीयशन क्षेत्रिय समिति गल्याङको आयोजनामा शारीरिक अशक्त बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । कार्यक्रममा फोटो ग्राफर यसोसीयशन स्याङजाका अध्यक्ष प्रेम प्रसाद पराजुलीले अशक्त विद्यार्थीहरुमा पनि केही प्रतिभा हुने भएकाले त्यस्ता विद्यार्थीको लागि सहज वातावरण बनाउनुपर्ने बताउनुभयो । साथै आफुहरुको तर्फबाट केही सहयोग गर्न पाउदा खुशी लागेको बताउनुभयो । यस्तै कार्यक्रममा विद्यालय प्रधानाध्यापक रामकान्त शर्मा, शिक्षिका बोला पाठक लगायतले सानो सहयोगले पनि अशक्त विद्यार्थीको उद्धार हुने भएकाले सहयोगका लागि धन्यवाद दिनुभयो । कार्यक्रममा भानुभक्त आर्चाय माध्यमिक विद्यालयका १० जना अशक्त विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो । फोटो ग्राफर यसोसीयशन क्षेत्रिय समिति गल्याङका अध्यक्ष रविन थापाको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन फोटो ग्राफर यसोसीयशन स्याङजाका कोषाध्यक्ष हिमाल न्यौपानेले गर्नुभएको थियो ।