अहिले तरंगमा

Kayakairan

केहि छिनमा

Nepali Bahas

समाचार

सामूहिक आरन ब्यवसायमा जुटे विक समुदाय

माघ ११, वालिङ
स्याङ्जाको वालिङ ११ प्रितिपका विक समुदाय सामूहिक आरन निर्माणमा जुटेका छन् । लोपोन्मुख अवस्थामा रहेको आरन पेशाको संरक्षण र सम्बद्र्धनकालागि सामूहिक आरन निर्माणमा लागेका हुन् । “लोपोन्मुख अवस्थामा रहेको पुख्र्यौली पेशाको जगेर्ना गर्ने उद्धेश्यले हामी सामूहिक रुपमा आरन निर्माणमा जुटेका हौं” स्थानीय छविलाल विकले भन्नुभयो, “आधुनिक खालका तीन वटा आरन एकै स्थानमा निर्माण गरिएको छभने सामूहिकरुपमा आठ जनाले काम गर्न मिल्ने छ ।” सामूहिकरुपमा आरन ब्यवसाय सञ्चालन गर्दा एउटाले जानेको सिप अर्कोलाई सिकाउन तथा सिक्न पनि सहज हुने र युवाहरुलाई यो पेशातर्फ आकर्षित गर्न पनि सजिलो हुने विश्वास स्थानीयले लिएका छन् । वालिङ नगरपालिका र वडा नं. ११ ले दलित समुदायको पेशालाई प्रबद्र्धन गर्नकालागि सिप क्षमता विकासकालागि ७५ हजार आर्थिक सहयोगसमेत गरेको वालिङ ११ का वडाध्यक्ष बसन्तकुमार मल्लले बताउनुभयो । पछिल्लो समय ग्रामीण भेगमा ग्याँस र अन्य विद्युतीय उपकरणको प्रयोगले गर्दा आरन पेशाकालागि आवश्यक पर्ने कोईलाको समस्या भएको विक समुदायको गुनासो छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...