अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

भुई स्याउले बजार नपाएपछि कृषक चिन्तित

माघ ११, वालिङ
भुई स्याउले बजार नपाएपछि कृषकहरु चिन्तित भएका छन् । स्याङ्जाको वालिङ नगरपालिका वडा नं. ३ खाल्टेका कृषकले ब्यवसायिकरुपमा लगाएको भुई स्याउले बजार नपाएपछि चिन्तित भएका हुन् । “विगत चार वर्ष अघि एक हजार रुपैयाँ प्रतिकिलो बीउ किनेर ब्यवसायिकरुपमा भुई स्याउ खेती शुरु गरेका हौं” स्थानीय ब्यवसायी नरमाया गुरुङले भन्नुभयो, “अहिले ६ जना कृषकले ५÷६ रोपनी जमिनमा ब्यवसायिकरुपमा भुई स्याउ गरेका छौं यसको महत्व नबुझेका कारण पनि उचित बजार नपाएको हो ।” माटो मुनी फल्ने र रोपेकै वर्ष फल दिने भुई स्याउको स्याउको बोक्रा ताछेपछि स्वादिलो स्याउ जस्तै हुने कृषक नरमाया गुरुङको भनाई छ । यसको सेवनले पत्थरी, सुगर जण्डीस, कव्जीयत लगायत रोगको निदानकालागि पनि उत्तिकै फलदायी हुने कृषक गुरुङको दाबी छ । बाँदर तथा अन्य जंगली जनावरहरुले क्षति पु¥याउने पाखो जमिनहरुमा पनि यो खेति गर्न सकिने कृषक गुरुङले बताउनुभयो ।“बारीमा भएको उत्पादनले बजार नपाएका कारणले गर्दा कृषकहरु यो पेशाबाट पलायन हुने अवस्था आउन सक्छ” कृषक गुरुङले भन्नुभयो, “स्थानीय सरकारले कृषकले उत्पादन गरेका कृषिजन्य उत्पादनहरुको बजारीकरणकालागि पहल गरिदिए ठूलो राहत हुने थियो ।” 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...