अहिले तरंगमा

Cine Songs

केहि छिनमा

National News

समाचार

बालिकालाई उपचारमा आर्थिक समस्या, नेविसंघद्धारा रकम हस्तान्तरण

news

कला राना
वालिङ, १२ माघ । 
स्याङजाको वालिङ नगरपालीका ७ बस्ने ब्लडक्यान्सरबाट ग्रसित एक बालिकालाई उपचारको लागी आर्थिक समस्या भएको छ । वालिङनगरपालिका ७ केँवरेस्थित अनिल नेपाली र गौमाया नेपालीका साढे २ वर्षकी बालिका अनुपा नेपाली अहिले भरतपुरस्थित विपिकोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत छिन ।
बुवासामान्य ड्राईभर पेसाबाट गुजारा गर्दै आएका अनिल नेपालीलाई अहिले बालिकाको उपचार खर्च जुटाउन  निकै समस्या भएको छ । 
विगत ६ महिनादेखि यसका लक्षणहरु देखा परेपछि पोखरामा उपचार भैरहेको थियो । अहिले बालिकालाई पोखरामा उपचार हुन नसकेपछि भरतपुरमा उपचार गरिएको छ । घरको आर्थिक अवस्था निकै कमजोर रहेको र चिकित्सकले  उपचारको लागी १० लाख खर्च लाग्ने भनेपछि अहिले समाजसेवी हस्तबहादुर गुरुङ र भोजराज गुरुङले सामाजिक संजालमार्फत अनुषा बचाउँ अभियान शुरु गर्नुभएको छ । 
सो अभियान अन्र्तत स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले अहिलेसम्म करिव ३ लाख रकम सहयोग गरेका छन् भने धेरैले सहयोगको वचनवद्धता व्यक्त गरेका छन् । यसैबीच हङकङबाट रिस्ता गुरुङले ९४ हजार काठमाडौ बस्ने चन्द्र पुनले ५० हजार सहयोग गर्नुभएको छ । 
बालिकाको उपचारमा अहिलेसम्म ६ लाख खर्च भैसकेको र उक्त रकम उपलब्ध गराई उपचार गरेमा बालिका पुर्णरुपमा निको हुने अस्पतालका चिकित्सकहरुले जनाएका छन् । पिडित बालिकाको बुवाको बैंक खाता नभएकाले समाजसेवी गुरुङको खातामा जम्मा गरी भरतपुर पठाईएको हो । 
सामाजिक संजालकै आधारमा धेरै स्वदेश तथा विदेशमा रहनुभएका नेपालीहरुले सहयोगको प्रतिवद्धता जनाएका छन् । बालिकाको उपचारमा सहयोग गर्न चाहानुहुनेले समाजसेवी भोजराज गुरुङको माछापुच्छे्र बैंकमा रहेको खाता नं. २८२२५२४०८५२४९०१४ मा रकम जम्मा गर्न सक्नुहनेछ ।
यसैक्रममा नेपाल विद्यार्थी संघ वालिङनगर कार्यसमितिले ब्लडक्यान्सरकी विरामी बालिकाको सहयोगार्थ संकलित रकम विहिबार हस्तान्तरण गरेका छन् । समितिद्धारा वालिङनगर क्षेत्रका विद्यालयहरुबाट संकलित २६ हजार ५२ रुपैँया हिजो समाजसेवी भोजराज गुरुङलाई हस्तान्तरण गरेका हुन् । वालिङ नगरकार्यपालिका प्राङगणमा गरिएको रकम हस्तान्तरण कार्यक्रममा समाजसेवी गुरुङले अनुपा बचाऔँ अभियानमार्फत सहयोग आउने क्रम जारी रहेको जानकारी दिनुभयो । 
कार्यक्रममा नगरपालिकाका साखा अधिकृत पदमप्रसाद  पाण्डेले विद्यार्थीहरुको समाजसेवाप्रतिको लगाव निकै स्रहानिय रहेको भन्दै सकरात्मक कार्यको अनुसरण हामीले समेत गर्नुपर्नेमा जोड दिनुभयो । 
संघका नगरसभापति दिक्षान्त खांणले भन्नुभयो, “सानो बालिकाको स्वास्थ्य उपचारमा सहज होस भन्ने हेतूले हामीले सानो प्रयास गरेका थियौँ, बालिकाको स्वास्थ्यलाभको कामना गर्दै रकम हस्तान्तरण गरेका छौँ ।” कार्यक्रममा नगरपालिकाका स्वस्थ्य साखाका मणिप्रसाद पंगेनी, विद्यार्थीहरु युधिष्ठिर गैह्रे, सन्दिप कडेल, विदुशा बस्नेत, छिरिङ गुरुङ, खेमनारायण चापागाँई, अग्नि पंगेनी लगायत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।