अहिले तरंगमा

BBC

केहि छिनमा

Sajha Sawal

समाचार

स्याङजामा डकर्मीहरुको लागी रिफ्रेसर तालिम,

news

वालिङ, माघ १२ ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणको सहयोगमा र घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा स्याङ्जामा ४ सय डकर्मीलाई रिफ्रेसर तालिम शुरु गरिएको छ । ११ स्थानीय तह रहेको स्याङ्जामा सबै तहमा डकर्मी रिफ्रेसर तालिम शुरु भएको हो । भुकम्प प्रतिरोधात्मक घर निर्माणमा सहजता ल्याउनका लागि ७ दिने तालिम शुरु गरिएको आयोजकले जनाएको छ । 
हरेक स्थानीय तहमा ५० जनाको दरले डकर्मी तालिम दिईने छ । वालिङ नगरपालिका १३ मा शुरु गरिएको पहिलो तालिमको उदघाटन गर्दै नगरउपप्रमुख कल्पना तिवारीले २०७२ साल बैशाखमा गएको विनासकारी भुकम्पको घाउ अझै निको नभएकोे बताउँदै धेरै नागरिकको ज्यान जाने गरी र धेरै घरपरिवारलाई उठिवास बनाउदै आएको भुकम्पले नेपाललाई नयाँ पाठ सिकाउदै आएको बताउनुभयो । 
तालिम पछि वालिङलगायत स्याङ्जावासीको भुकम्प प्रतिरोधात्मक घरहरु निर्माण हुने भन्दै तालिमको सहि उपयोग गरि सदुपयोग गर्न सहभागीहरुलाई उपप्रमुख तिवारीले आग्रह गर्नुभयो । तालिममा घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख विश्वभद्र खनालले जिल्लाका ११ ओटै स्थानीय तहमा यो तालिम शुरु हुने बताउनुभयो । तालिमले इन्जिनियरीङ पलान्टबाट घर निर्माण गर्ने तरिका सिकाउने होे खनालले भन्नुभयो,“ जसले गर्दा सरकारले चाहेजस्तो घर निर्माण हुने छ ।” 
७ दिन सम्म चल्ने तालिममा इन्जिनियर सुरेश तामाङ्ले प्रशिक्षण दिनुहुनेछ । वालिङ १३ का वडा अध्यक्ष आनन्दप्रसाद पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रम नगरपालिकाका शाखा अधिकृत पदमप्रसाद पाण्डेले सञ्चालन गर्नुभएको थियो ।  
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...