अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

अनेरास्ववियू स्याङजाद्धारा पुर्नगठन तथा प्रशिक्षणलाई तिव्रता

news

वालिङ १२, माघ ।
अनेरास्ववियू कमिटि स्याङजाले आफ्नो कमिटि पुर्नगठन तथा प्रशिक्षणलाई तिव्रता दिएको छ । कमिटिले जिल्लाका विभिन्न विद्यालयहरुमा कमिटि पुर्नगठन तथा प्रशिक्षणलाई जारी राखेका छन् । यसैक्रममा विहिबार वालिङ १३ को लक्ष्मी माविमा अमृता डुम्रेको अध्यक्षतामा २३ सदस्यीय कमिटि पुर्नगठन गरिएको छ भने जनहित माविमा यशोदा कुँवरको अध्यक्षतामा ३१ सदस्यीय कमिठिको पुर्नगठन भएको छ । 
कार्यक्रममा बोल्दै अनेरास्ववियूका जिल्ला उपाध्यक्ष नवराज भुसालले विद्यार्थी राजनिति सृजनशील, सामाजिक दायित्व बहन र रचनात्मक अभियानसहित शैक्षिक विकासतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । 
कार्यक्रममा जिल्ला सदस्य कमल रिजाल, सन्तोष वोस्ती लगायतले बाल्नुभएको थियो । शंकर गैह्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सपना विक र स्वागत बन्दना गैह्रेले गर्नुभएको थियो । 
यसैबीच उता खड्गकाली मावि मल्याङकोटमा समेत कमिटि पुर्नगठन कार्यक्रम सम्पन्न भएको छ । आकाश गिरीको अध्यक्षतामा ३१ सदस्यीय कमिटि गठन गरिएको हो । उपाध्यक्षमा दिवश खनाल, सचिवमा सौरव अर्याल, सहसचिवमा रजनि महत, पुजा सिंह, सलिना परियार र कोषाध्यक्षमा सरिष्मा खड्का रहेका छन् । त्यस्तै जनप्रिय मावि चिन्नेबासमा मधु लम्सालको अध्यक्षतामा ४९ सदस्यीय कमिट पुर्नगठन भएको छ । 
उपाध्यक्षमा सुस्मिता विक, सविचमा सरोज कोईराला, सहसचिवमा अनिता विक, अप्सरा लम्साल, ईन्द्रबहादुर थापा र कोषाध्यक्षमा निर्मला विक रहेका छन् । कार्यक्रममा अनेरास्ववियूका क्षेत्रिय अध्यक्ष सगुन राना, प्रकाश डुम्रे, मिलन बस्याललगायतले अनेरास्ववियू विद्यार्थीको हकहितमा प्रतिवद्ध रहेको बताउनुभयो । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...