अहिले तरंगमा

Bani Bahas

केहि छिनमा

Aandhikhola Khabar

समाचार

गत आवमा झण्डै १४ सय पशुमा कृत्रिम गर्भाधान

news


तोलाकान्त बगाले
साउन ०७, वालिङ
जिल्ला पशुसेवा कार्यालय स्याङ्जाले पशुमा कृत्रिम गर्भाधानप्रति किसानहरुको आकर्षण बढ्दै गएको छ । आर्थिक वर्ष २०७२÷०७३ मा स्याङ्जामा कुल एक हजार ३ सय ६१ पशुमा कृत्रिम गर्भाधान गरिएको छ । जिल्ला पशु सेवा कार्यालय स्याङ्जाका कार्यालय प्रमुख डाक्टर रामचन्द्र कापरका अनुसार गत आर्थिक वर्षमा गाई ६ सय २४, भैंसी ६ सय १० र बाख्रा १ सय २७ गरी कूल एक हजार ३ सय ६१ पशुमा कृत्रिम गर्भाधान गरिएको हो । अघिल्लो आर्थिक वर्ष २०७१÷०७२ मा भन्दा गत आर्थिक वर्ष २०७२÷०७३ मा १ सय ४५ बढी पशुमा कृत्रिम गर्भाधान भएको जिल्ला पशु सेवा कार्यालय स्याङ्जाले जनाएको छ । आर्थिक वर्ष २०७१÷०७२ मा गाई ५ सय २८, भैंसी ६ सय ८८ गरी कूल एकहजार २ सय १६ पशुमा कृत्रिम गर्भाधान गरिएको थियो भने आथिर्क वर्ष २०७०÷०७१ मा गाई ६ सय ९८, भैंसी एक हजार ७५ गरी कूल एक हजार ७ सय ७३ पशुमा कृत्रिम गर्भाधान गरिएको थियो । तुलनात्मकरुपमा स्याङ्जामा गाईमाभन्दा भैंसीमा कृत्रिम गर्भाधान गर्ने पशुको संख्या धेरै रहेको छ । पशुसेवा कार्यालय स्याङ्जासहित पशुसेवा केन्द्र वालिङ, गल्याङ, दहथुम, सेतीदोभान, चापाकोट, कुवाकोट, अर्जुनचौपारी, मल्याङकोट उपकेन्द्रमा कृत्रिम गर्भाधान सेवा प्रदान गरिएको थियो । पशुहरुमा कृत्रिम गर्भाधान गराउनाले दुधमा बृद्धि हुने, साढें पाल्ने समस्या नहुने, पाडापाडी तथा बाच्छाबाच्छी छिटो हुर्कने, ठुलो हुने, र छिटो बाली जाने भएकाले पनि कृत्रिम गर्भाधान गर्नु फाईदाजनक रहेको पशुसेवा कार्यालय स्याङ्जाका प्रमुख तथा पशु चिकित्सक डाक्टर कापरले बताउनुभयो ।