अहिले तरंगमा

Nepali khabar

केहि छिनमा

Kayakairan

समाचार

अगरबत्ति बनाउने तालिम भिरकोटमा शुरु

वालिङ, माघ १२
भिरकोट नगरपालिकाको आयोजनामा हिजोबाट अगरबत्ति बनाउने तालिम भिरकोट ५ मा शुरु भएको छ । तालिमको उद्दघाटन गर्दै नगरउपप्रमुख सिमा  केसी कर्मचार्यले तालिमको भरपुर उपयोग गर्दै आर्थिकउर्पाजनतर्फ लाग्न सहभागिहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा नगरपालिकाका प्रशासकिय अधिकृत धर्मराज ढुङगाना, वडा अध्यक्षहरु २ का कमल त्रिपाठी, ६ का लक्ष्मण खत्रि, ७ का शेषकान्त अर्याल, प्रशिक्षक कृष्ण केसी, ईश्वर सेन, डिलबहादुर गुरुङ, पोतप्रसाद तिवारी लगायतले बोल्नुभएको थियो । वडा नं. ५ का अध्यक्ष यामप्रसाद अधिकारी लक्ष्मणको अध्यक्षतामा सम्पन्न कार्याक्रममा नन्दलाल खनालले सञ्चालन र पवित्रा खनालले स्वागत गर्नुभएको थियो । नगरपालिकाका ९ वटै वडाका ३० जनाको सहभागिता रहको तालिम १ हप्तासम्म चल्नेछ । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...