अहिले तरंगमा

Nepali khabar

केहि छिनमा

Kayakairan

समाचार

हरेक स्थानीय तहमा प्राविधिक शिक्षालयः उपप्रधान तथा शिक्षामन्त्री श्रेष्ठ

news

कला राना
वालिङ, १५ माघ ।
उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले समय सापेक्ष शिक्षा आजको आवश्यकता भएको भन्दै हरेक स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापनामा जोड दिनुभएको छ । मन्त्री श्रेष्ठले नेपालको शिक्षा अन्र्तराष्ट्रियस्तरमा अब्बल हुनुपर्ने भन्दै सिपयुक्त प्राविधिक शिक्षाको विकल्प नभएको बताउनुभयो । 
 
स्याङजाको अर्जुनचौपारी गाउँपालिका ५ स्थित आरुचौरमा रहेको सर्वाेदय माविको स्वर्णमहोत्सव समारोहमा बोल्दै मन्त्री श्रेष्ठले  सरकारले स्थानीय प्रदेश र प्रतिनिधि सभानिर्वाचन सफलतापुर्वक सम्पन्न गरेको भन्दै संविधानको कार्यान्वयनमा फड्र्को मार्न सफल भएको  समेत दावी गर्नुभयो । नेपाली कागे्रसकै सरकारले संविधान जारी गरेको स्मरण गर्दै कागे्रसकै नेतृत्वमा संविधान कार्यान्वयन गरिएको समेत उहाँले बताउनुभयो ।
 
कार्यक्रममा बर्दिया जिल्लाका प्रदेश सांसद कुलप्रसाद पोखरेल, जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आर्चाय, सहायक अधिकारी बाबुराम सापकोटा, कागे्रसका महाधिवेसन प्रतिनिधि प्रेमराज पौडेल, माओवादि केन्द्रका पोलिटव्युरो सदस्य शैलेन्द्र घिमिरे, गाँउपालिकाका अध्यक्ष दिर्घनारायण अर्याल, पुर्व  प्रधानाध्यापक कृष्णप्रसाद सापकोटा, पुर्व शिक्षक छविलाल चापागाई, विद्यार्थी मनिषा नेपाली लगायतले विद्यालयले शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो । 
 
कार्यक्रममा पुर्व शिक्षकहरु, पुर्व विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद  सापकोटाले १ करोड १६ लाख रुपैँया बराबरको आर्थिक तथा वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने आर्थिक समिति संयोजक बद्री पौडेलले कार्यक्रममा सहयोग गर्नेहरुका बारेमा जानकारी गराउनुभएको पत्रकार श्रीकृष्ण सिग्देलले जानकारी दिनुभयो । 
 
विद्यालय स्थापनाको ५०औ वर्षको अवशरमा विद्यालयले सोमबारबाट विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको सप्ताहव्यापी स्वर्णमहोत्सव हिजो समापन भएको हो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष ख्यामनारायण खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत सहायक प्रधानाध्यापक ईश्वरीप्रसाद चापागाँईले  गर्नुभएको थियो । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...