अहिले तरंगमा

Kayakairan

केहि छिनमा

Nepali Bahas

समाचार

अबैध सालको गोलियासहित स्याङजामा दुई पक्राउ

कला राना
वालिङ, १५ माघ । 
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले ३० थान अबैध सालको गोलियासहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरिक्षक प्रकाश विष्टका अनुसार शनिबार साँझ गुल्मीको हर्मिचौरबाट स्याङ्जाको कालीगण्डकी गाउँपालिका ५ मिर्मीतर्फ ल्याउँदै गरेको अबैध काठसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।  ग २ त ७५९० नम्बरको ट्रयाक्टरमा लोड गरी ल्याउनेक्रममा ट्रयाक्टर चालक अर्घाखाँची पाणिनी ३ बस्ने वर्ष २४ का सुरज परियार र सहचालक रुपन्देही जिल्ला कञ्चनजंघा गाउँपालिका ३ रुद्रपुर बस्ने वर्ष २० का दिपक परियारलाई पक्राउ गरी कारबाहीकालागि आईतबार जिल्ला बन कार्यालय स्याङ्जामा बुझाईएको छ ।  उता उक्त काठ आवादी अर्थात् ब्यक्तिको लालपूर्जा भित्रकै ठहरिएमा काठ जफत हुने र सवारी साधनको दश हजार तथा प्रतिब्यक्ति एक÷एक हजार जरिवाना लाग्ने ब्यवस्था बन ऐनमा रहेको सहायक बन अधिकृत एवं सेक्टर बन कार्यालय वालिङका प्रमुख बसन्तकेशब अधिकारीले बताउनुभयो । उक्त काठ सरकारी बनको ठहरिएमा काठ जफत हुने छ भने १० हजारभन्दा माथिको मुल्य पर्न आएमा मुद्धा अदालतमा जाने र काठको मुल्य बराबरको जरिवाना तथा कैदको ब्यवस्था रहेको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...