अहिले तरंगमा

Kayakairan

केहि छिनमा

Nepali Bahas

समाचार

पुननिर्माण एवं पुनस्थापना सम्बन्धी अभिमुखीकरण स्याङजामा सम्पन्न

स्याङजा, १३ माघ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाई भूकम्पीय आवास पुननिर्माण आयोजनाको आयोजनामा पुतलीबजार नगरपालिकामा अभिमूखीकरण एवं अन्र्तक्रिया कार्यक्रम गरिएको छ । अब बन्ने सबै घर सुरक्षित तथा भूकम्प पिडित लाभग्राहीका सेवा सुबिधाका बारेमा जानकारी गराउने उदेश्यले उदेश्यले  पुतलीबजार नगरपालिका अन्र्तगतका सबै वडा अध्यक्ष तथा सचिवहरुका लागि निजी आवास पुननिर्माण एवं पुनस्थापना सम्बन्धी अभिमुखीकरण सहित अन्र्तक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा भूकम्पीय आवास पुननिर्माण आयोजना अनुगमन तथा मुल्यांकन बिज्ञ यामनाथ गिरी र जिल्ला समन्वय समितिका सूचना अधिकारी एवं आयोजनाका सम्पर्क ब्यक्ति धनप्रसाद कोइरालाले बिनासकारी भूकम्पका कारण घर भत्कीई लाभग्राहीसूचिमा सूचिकृत ब्यक्तिका लागि सरकारद्धारा उपलब्ध सेवा सुबिधाका बारेमा जानकारी गराउनुभएको थयो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत बासुदेव रेग्मी, वडा नं. १४ का अध्यक्ष शेषराज ढकाल लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । पुतलीबजार नगर उपप्रमुख महेश पुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सम्पर्क ब्यक्ति धनप्रसाद कोइरालाले गर्नुृभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...