अहिले तरंगमा

Nepali khabar

केहि छिनमा

Kayakairan

समाचार

जगतभञ्याङमा सरसफाई व्यवस्थाप समिति गठन

news

वालिङ, १३ माघ ।
वालिङ नगरपालिका वडा नं. ५ साविक जगतभञ्ज्याङ स्याङ्जामा सरसफाई व्यवस्थाप समिति गठन भएको छ । आईतबार बसेको वडाका सरोकारवालाहरुको भेलाले कमल चन्द्र खड्काको अध्यक्षतामा ११ सदस्य सरसफाई व्यवस्थापन समिति गठन गरेको हो । समितिको सचिवमा गंगा खड्का, कोध्यक्षमा पूर्ण बहादुर बस्नेत, सदस्यहरुमा लोक मायाँ गुरुङ, कृष्ण कुमारी थापा, रमण थापा, जगत बहादुर आले, विक्रम मल्ल, कमल बहादुर गुरुङ, गोप बहादुर थापा रहनु भएको छ । वडा नं. ५ का वडा अध्यक्ष ढाकाराम पंगेनीको अध्यक्षतामा भएको भेलामा वालिङ नगर कार्यपालिकाका सदस्य जमुना केसी, नेपाली कांग्रेसका वडा सभापति नरप्रसाद रेग्मी, महेन्द्र माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर खड्का, समावसेवी थमन विकले बोल्दै नवगठित समितिलाई सफलताको शुभकामना दिनु भएको थियो । साथै नव निर्वाचित कमल  चन्द्र खड्काले सबैलाई समेटेर पूर्ण सरसफाई युक्त वडा बनाउन प्रयत्नशिल रहने प्रतिवद्धता जनाउनु भएको थियो । कार्यक्रमको संञ्चालन समाजिक परिचालक छवि आलेले गर्नु थियोे ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...