अहिले तरंगमा

BBC

केहि छिनमा

Sajha Sawal

समाचार

नेविसंघद्धारा बोधिभञ्याङमा हस्तलेखन प्रतियोगिता

news

वालिङ, १५ माघ ।
स्याङजाको वालिङ १३ बोधिभञ्याङमा हस्तलेखन प्रतियोगिता सम्पन्न गरिएको छ । लक्ष्मीमावि नेविसंघ ईकाइसमितिले हस्तलेखनको आयोजना गरेको हो । प्रतियोगितामा सपना विक प्रथम, कृष्ण  खराल द्धितिय, महेश गैह्रे तृतिय र शितला न्यौपाने सान्त्वना भएका छन् ।  कार्यक्रममा बोल्दै नेविसंघ वालिङ नगरसभापति दिक्षान्त खांणले विद्यार्थीहरुलाई यस्ता अतिरिक्त प्रतियोगिताले अध्ययनमा अझ प्रेरणा मिल्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा जनक  लामिछानेले समेत प्रतियोगिता निकै प्रशंसनीय रहेको बताउनुभयो । ईकाइ  सभापति नविन भुसालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन पुनम खराल, स्वागत महेश गैह्रे र धन्यवाद बन्दना गैह्रेले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...