अहिले तरंगमा

BBC

केहि छिनमा

Sajha Sawal

समाचार

अनेरास्ववियूको कमिटि पुर्नगठन तथा प्रशिक्षण तिव्र

news

वालिङ, १५ माघ ।
अनेरास्ववियू जिल्ला कमिटि स्याङजाले जिल्लामा कमिटि पुर्नगठन तथा प्रशिक्षणलाई तिव्रता दिएको छ । यसैक्रममा आईतबार गल्याङ ११ र वालिङ ७ मा कमिटि पुर्नगठन तथा प्रशिक्षण सम्पन्न भएको छ । गल्याङमा रहेको बजे्रभञ्याङ माविमा जुनु गाहाको अध्यक्षतामा ४१ सदस्यीय कमिटि गठन गरिएको हो । कार्यक्रममा बोल्दै अनेरास्ववियूका जिल्ला उपाध्यक्ष नवराज भुसालले सामाजिक व्यवस्थाको संरचनामा अवशर र चुनौति दुवै हुने भएकाले चनौतिमा लडन्को लागी विद्यार्थी आन्दोलनको स्वरुप परिर्वतन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा जिल्ला सदस्य सन्तोष तिवारी, सन्तोष वोस्ती , शिव भट्टराई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । लोचन अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन माधवि अर्याल र स्वागत चाँदनी थापाले गर्नुभएको थियो । 
 
उता वालिङ ७ केँवरेमा बालसिद्ध उच्चमाविमा समेत कमिटि पुर्नगठन र प्रशिक्षण गरिएको छ । कार्यक्रममा बोल्दै अनेरास्ववियूका क्षेत्रिय अध्यक्ष सगुन रानाले अनेरास्ववियूले विद्यार्थी आन्दोलनमा रचनात्मक भुमिका निर्वाह गर्दै आईरहेको भन्दै विद्यार्थीका हकहितका लागी संधै तत्पर रहेको बताउनुभयो । कार्यक्रममा कमिटि क्षेत्रिय कोषाध्यक्ष दिलिप लुँईटेल र दिनेश खनालले समेत विद्यार्थीको हकहितको लागी अनेरास्ववियूमा गोलबद्ध हुन आग्रह गर्नुभयो ।  रमा ढुङगानाको अध्यक्षतामा ३९ सदस्यीय कमिटि पुर्नगठन भएको छ । उपाध्यक्षमा धनमाया गुरुङ, सचिवमा दुर्गा ढुङगना, सहसचिवहरुमा विनिता गुरुङ, यसमाया गुरुङ र अनिल सारु, कोषाध्यक्षमा अरविन गुरुङ  रहेका छन् । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...