अहिले तरंगमा

Desh Paradesh

केहि छिनमा

Nepal Bani Khabar

समाचार

‘मेयर कप फुटबल प्रतियोगिताको उपाधि वालिङलाई

news

कला राना,
वालिङ २१, माघ ।
प्रदेश नं ४  नगरपालिका स्तरीय प्रथम ‘मेयर कप फुटबल प्रतियोगिता–२०७४’ को उपाधि वालिङ नगरपालिकाले हात पारेको छ । बाग्लुङमा आईतबार भएको फाईनल प्रतियोगितामा वालिङ नगरपालिकाले पोखरा लेखनाथ महानगरपालिकालाई १–० गोलअन्र्तरले पराजित गरेको हो । प्रतियोगितामा विजेता बनेसंगै वालिङ नगरपालिकाले रु २ लाख २२ हजार २ सय २२ रकम प्राप्त गरेको नगरप्रमुख दिलिपप्रताप खांणले जानकारी दिनुभयो  । यसअघि भएका खेलहरुमा वालिङनगरपालिकाले तनहुँको  व्यास नगरपालिकालाई १–० र बेनी नगरपालिकालाई २–० गोलले पराजित गर्दै वालिङले लेखनाथसंग प्रतिष्पर्धा गर्ने मौका पाएको हो । वालिङसंग पराजित भएसंगै लेखनाथ महानगरपालिकाले उपविजेतामा चित्त बुझाउनुपरेको छ । उपविजेता लेखनाथले १ लाख ११ हजार १ सय ११ नगद प्राप्त गरेको छ ।   
बागलुङ नगरपालिकाको आयोजनामा भएको प्रतियोगिता माघ १६ गतेबाट शुरु भएको हो । फुटबलको विकासका लागि आयोजना गरिएको खेल बाङ्गेचौर र भकुण्डे खेल मैदानमा सम्पन्न भएका हुन् । बाग्लुङ नगरपालिका आफैँले पहिलोपटक ठूलो राशिको फुटबल प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई १० हजार, उत्कृष्ट गोलरक्षक, डिफेण्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई सम्मानस्वरुप पाँच पाँच हजार प्रदान गरिएको छ । प्रतियोगितामा ४ नं प्रदेशका १२ भन्दा बढी नगरपालिकाबाट खेलाडी सहभागी भएका थिए ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...