अहिले तरंगमा

Prabhat Bani

केहि छिनमा

Kayakairan

समाचार

पहिरोले नहर सञ्चालनमा आएन, कृषक समस्यामा

तोलाकान्त बगाले
वालिङ, ०९ साउन
स्याङ्जाको दक्षिण पूर्वि चापाकोट नगरपालिकामा सञ्चालित चापाकोट टार सिञ्चाई योजनाको नहर पहिरोकाकारण अबरुद्ध हुँदा किसानहरु समस्यामा परेका छन् । हिउँदमा समेत सिञ्चाई गर्न नपाएका यहाँका किसानहरु साउनको पहिलो सातासम्म पनि नहर सञ्चालन नभएपछि किसानहरु चिन्तित भएका हुन् । “धुर्कोटमा एक सय मिटर र दामाचौरमा झण्डै एकसय ५० मिटर नहरको बेश नै पहिरोेले बगाएको छ” चापाकोट टार सिञ्चाई योजनाका अध्यक्ष तीर्थराज बरालले भन्नुभयो, “डोजर लगाएर तत्काललाई मर्मत गरिएपनि फेरि वर्षाले ठाउँ ठाउँमा पहिरो नगएमा एक हप्ताभित्र नहरमा पानी सञ्चालन हुन सक्छ ।” झण्डै एक हजार हेक्टर खेत सिञ्चाई गर्ने यो नहरमा पानी सञ्चालन हुन नसक्दा अहिलेसम्म आकाशे पानीको भरमा एक चौथाईमात्रै रोपाई भएको अध्यक्ष बरालले बताउनुभयो । भल छोपेर रोपाई भएपनि प्रशस्त पानीको स्रोतहरु नजिक नभएकाकारण केही दिनमै धाँजा फाट्ने भएकाले खेत रोपेपनि राम्रो नहुने स्थानीय कृषकहरुको भनाई छ । स्याङ्जाको मल्याङकोट गाविसमा रहेको दार्सिङस्थित ज्याग्दीखोलामा बाँध बाँधेर २७ किलोमिटर लामो नहरमार्फत ल्याएको पानीले चापाकोट नगरपालिकासहित मल्याङकोट गाविसका झण्डै एक हजार हेक्टर खेतीयोग्य भूमि सिञ्चित हुने गरेको छ । वि. सं. २०२२ सालमा निर्माण शुरु गरिएको उक्त योजना बीचमा काम रोकिएर पुनः २०४४ सालबाट सुचारु गरी २०४९ सालदेखि पानी हाल्न शुरु भएको अध्यक्ष बरालले बताउनुभयो । पुरानो नहर जीर्ण बन्दै गएपछि एशियाली विकास बैंक (एडिबी) र नेपाल सरकारबीच नहरको पुनःनिर्माणकालागि झण्डै १९ करोड ६८ लाखको सम्झौता भएको थियो ।

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...