अहिले तरंगमा

BBC

केहि छिनमा

Sajha Sawal

समाचार

एकिकृत सम्पत्ति कर सम्बन्धी दुई दिने गोष्ठी भीरकोटमा सम्पन्न

वालिङ २१ माघ । 
भीरकोट नगरकार्यपालिकाको आयोजनामा एकिकृत सम्पत्ति कर सम्बन्धी दुई दिने गोष्ठी आईतबार सम्पन्न भएको छ ।  गोष्ठीमा समापन गर्दै नगर प्रमुख छायाराम खनालले समग्र नगरवासी र नगरको समृद्धीको लागी एकिकृत सम्पत्ति करको दायरामा आउन आवश्यक रहेको बताउनुभयो ।
गोष्ठीमा नेपाली काग्रेसको तर्फवाट नगरसभापति तोयनाथ अर्याल, उद्योग वाणिज्य संघ भिरकोटका अध्यक्ष भक्तबहादुर केसी, नेकपा एमालेको तर्फवाट रंिजत थापा, माओवादी केन्द्रको तर्फवाट नारायण अर्याल, जनमोर्चाको तर्फबाट रेसबहादुर विकले आ आफ्ना भनाई राख्नुभएको थियो ।
शनिबार र आईतबार गरी दुईदिनसम्म चलेको गोष्ठीमा ९ वडाका वडाअध्यक्षहरु, सचिवहरु र अन्य राजनितिद दल सघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको वडा अध्यक्ष यामप्रसाद अधिकारी लक्ष्मणले जानकरी दिनुभयो । गोष्ठीमा जाईकाका वरिष्ठ आयोजना संमयोजक ऋषिराम पाण्डे, नगर विकास प्रशिक्षण केन्द्रका निर्देशक हरिकृष्ण कोईराला र भीरकोट नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङगानाले सहजिकरण गर्नुभएको थियो ।
नगरप्रमुख छायाराम खनालको अध्यक्षतामा भएको गोष्ठीको संचालन प्रशासन प्रमुख राम प्रसाद खनाल र स्वागत नगर उपप्रमुख सिमा केसी कमार्चायले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...