अहिले तरंगमा

Nepali Bahas

केहि छिनमा

Aandhikhola Khabar

समाचार

ब्लड क्यान्सर पीडित बालिकाको उपचारकालागि ९ लाख संकलन

news

कला राना,
वालिङ, २१ माघ ।
ब्लड क्यान्सर पीडित बालिकाको उपचारकालागि संकलित रकम हस्तान्तरण गरिएको छ । स्याङ्जाको वालिङ नगरपालिका वडा नं. ७ की साढे दुई वर्षिया बालिका अनुपा नेपालीको उपचारकालागि संकलन गरिएको रकम पीडित बालिकाको परिवारलाई हस्तान्तरण गरिएको हो । वालिङ ७ का समाजसेवीहरु भोजराज गुरुङ र हस्तबहादुर गुरुङले सामाजिक सञ्जाल फेसबुकमा ‘अनुपा नेपाली बचाउ अभियान’ सञ्चालन गरेर संकलन गरेको रकम पीडितका बुवा अनिल नेपालीलाई हस्तान्तरण गरिएको हो ।
उक्त अभियानमा समाजसेवी भोजराज गुरुङमार्फत संकलन भएको तीन लाख, हस्तबहादुर गुरुङद्वारा दुई लाख, राजेश थापाले दक्षिण कोरियामा संकलन गरेको दुई लाख ४६ हजार ८०० र बोलबम समिति वालिङद्वारा १५ हजार गरी कूल सात लाख ७१ हजार ८ सय रकम हस्तान्तरण गरिएको हो भने यसअघि संकलन भएको एक लाख ४४ हजार हस्तान्तरण गरिसकिएको छ ।
“ब्लड क्यान्सरबाट ग्रसित बालिकाको उपचारमा आर्थिक समस्या देखिएपछि हामीले सामाजिक सञ्जालको प्रयोग गरी अनुपा बचाउ अभियान सञ्चालन ग¥यौं” समाजसेवी भोजराज गुरुङले भन्नुभयो, “बालिकाको उपचारकालागि राम्रो सहयोग प्राप्त भएको छ आशा छ बालिका पूर्णरुपमा निको हुनेछिन् ।” 
अनिल नेपाली र गौमाया नेपालीकी तीन सन्तानमध्ये कान्छी छोरी अनुपा विगत ६ महिनादेखि क्यान्सर रोगबाट ग्रसित रहेकी छन् । पोखरामा उपचारका क्रममा क्यान्सरको लक्षण देखिएपछि उनको डेढ महिना अघिदेखि चितवनस्थित बीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचार भैरहेको छ ।  
“छोरीको उपचारकालागि चिकित्सकले करिब दश लाख खर्च लाग्ने बताएको र आँफूसँग उक्त रकम नभएको हुँदा सहयोगकालागि आग्रह गरें” पीडितका बुवा अनिल नेपालीले भन्नुभयो, “सबैको सहयोगले अस्पतालको शैयामा रोगबाट ग्रसित छोरीले अब नयाँ जीवन पाउनेमा आशाबादी छु ।” सामाजिक सञ्जालकै आधारमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीहरुले सहयोगको प्रतिवद्धता जनाएका छन् 
रकम हस्तान्तरण कार्यक्रममा वालिङनगरउपप्रमुख कल्पना तिवारीले पिडित बालिकाको उपचारमा कुनै समस्या नहुँने भन्दै नगरकार्यपालिकाले विषेश पहल गर्ने बताउनुभयो । नेपाल सरकारको  निर्णय बमोजिम ब्लड क्यान्सर, पक्षघात, मृगौला पिडितका विरामीलाई दैनिक जिवनयापन सहजताको लागी दिने भनिएको भत्तारकम सहजताको लागी छिटो प्रक्रिया अगाडि बढाउने बताउनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...