अहिले तरंगमा

केहि छिनमा

Bhanchhin Aama

समाचार

वालिङ जेसिजद्धारा होलीमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

news

वालिङ , १७ फाल्गुन ।
सामाजिक नेतृत्व र भातृत्व विकास गर्ने मुल लक्ष्य लिएर अगाडी बढेको नेपाल जेसिज अन्तर्गतको एक शसक्त शाखा वालिङ जेसिज पछिल्लो समय रचनात्मक कार्यमा जुट्न थालेको छ । विभिन्न ठाँउमा रमाईलो, पिकनिक र खानपान गरी होली मनाइरहेका बेला वालिङ जेसिजले भने होलीको अवसरमा जेहेन्दार र विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरि होली विशेष मनाएको छ ।  होली पर्वको अवसरमा सामुदायीक विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरी शुभकामना आदान प्रदान तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम समेत सम्पन्न भएको वालिङ जेसिजले जनाएको छ । वालिङ नगरपालिका वडा नं. ६ पित्लेक स्थित गणेश आधारभुत विद्यालयका जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको हो । कार्यक्रमको उदघाटन गर्दै नेपाल जेसिजका पुर्व राष्ट्रिय उपाध्यक्ष तथा पव्लिक आवाजका सम्पादक अमृत अर्यालले होलीमा बिकृति भित्रिन नदिन र थोरै भएपनि रचनात्मक र सिर्जनात्मक कार्यमा वालिङ जेसिज अग्रसर भएकोमा प्रंशसा व्यक्त गर्नुभयो । युवाहरु भविश्यका कर्णधार नभई वर्तमानमा नयाँ नेपाल निर्माणको संम्वाहक हुन राष्ट्रिय उपाधयक्ष अर्यालले भन्नुभयो ,“जेसिजमा आवद्ध युवाहरु समाज परिवर्तन र आर्थिक उन्नतीको मेरुदण्ड हुन् ।” जेसिज समाजको ऐना पनि हो यसले नेतृत्व विकास सिकाउने संस्था हो त्यसैले युवाहरु जेसिजको पाठ सिक्न जरुरी छ उहाँले भन्नुभयो ।
 
जेसिजका सदस्यहरु, समाजसेवी र स्थानीय व्यक्तिहरुको समेत उल्लेख्य सहभागितामा होलीको रङ्ग द्धारा खुशी साटासाट गरिएको कार्यक्रम संयोजक राजु तिवारीले बताउनुभयो । उक्त कार्यक्रममा वालिङ जेसिजका पुर्व अध्यक्षहरु दिपक लम्साल, रेखा थापा, प्रदिप कोइरला, शान्ता थापा, समाजसेवी नेत्रप्रसाद पाण्डे, नरबहादुर पौडेल, विद्यालयका प्रअ दयाराम रेग्मी लगायतले होली पर्वको अवसरमा शुभकामना व्यक्त गरेका थिए । वालिङ जेसिज बर्ष २०१८ का अध्यक्ष यामप्रसाद अधिकारी(लक्ष्मण) को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन महासचिव महेश रेग्मीले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...