अहिले तरंगमा

केहि छिनमा

समाचार

सेतो गुरास बाल बिकास संस्था चौथो अधिबबेशन

वालिङ , १७ फाल्गुन ।
सेतो गुरास बाल बिकास संस्था स्याङजाको चौथो अधिबबेशनले शोभाखर ढकालको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा युवराज पराजुली, सचिबमा टिम कुमारी कुमाल, कोषाध्यक्षमा राम शर्मा पोख्रेल रहनु भएको छ । समितिको सदस्यमा मोहन आचार्य, सरस्वती काफ्ले, सारदा ढकाल, उत्तम कुमार श्रेष्ठ, संघ ताम्राकार, मिना शर्मा, हुबिर सिहँ थापा रहनु भएको छ ।  समितिको मानार्थ सदस्यमा जुमकारी गुरुङ्, रहनु भएको निर्वाचन मण्डलले जनाएको छ । अधिबेशनमा प्रदेश सभा  सदस्य दिपक चर्तिमगरले अबको बिकास निश्वार्थ सामाजिक कामले हुने बताउनुभयो ।  कार्यक्रममा श्रोत ब्याक्ति ऋषिराम शर्मा, जिल्ला युवा समितिका अधयक्ष शिब पराजुली, हिरादेबी शर्मा, शेरजंग अधिकारी, चिरञ्जीबी लम्साल, हुम बहादुर कुमाल, देबेन्द्र श्रेष्ठ, राजकुमारी
गुरुङ्, संघ ताम्राकार लगायतले मन्तब्य राख्नु भएको थियो । 
अधिबेशनमा बार्षिक प्रतिबेदन सचिब टिम कुमारी कुमाल र आर्थिक प्रतिबेदन कोषाध्यक्ष राम शर्मा पोख्रेलले गर्नु भएको थियो । समितिका अध्यक्ष दुर्गा नारायण
ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन युवराज पराजुलीले गर्नु भएको
थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...