अहिले तरंगमा

केहि छिनमा

Bhanchhin Aama

समाचार

गह्रौँसुर मन्दिर प्रर्वद्धनका लागी बृहत छलफल

रेडियो आँधीखोला, 
वालिङ २०, फाल्गुन ।
स्याङजाकै प्रसिद्ध धार्मिक तथा ऐतिहासिक स्थल गहौँशुर मन्दिरलाई थप व्यवस्थीत कसरी बनाउन सकिन्छ भन्ने विषयमा जनप्रतिनिधि, मन्दिर व्यवस्थापन समिति, स्थानीय, पत्रकारबीचमा बृहत छलफल भएको छ । कार्यक्रम बोल्दै वालिङ नगरप्रमुख दिलिपप्रताप खांणले गह्रौँसुर मन्दिरलाई आन्तरिक तथा बाह्य धार्मिक पर्यटकहरुको गन्तव्य स्थलको रुपमा विकास गर्न वालिङ नगरपलिका विषेश गुरुयोजनाका साथ आगडि बढ्ने स्पष्ट पार्नुभयो । साथै उहाँले मन्दिर निकै उच्चभु–भागमा रहेकाले भक्तजनहरुको सहजतालाई मध्यनजर गर्दै केवुलकार सञ्चालनको लागी पहल भैरहेको बताउनुभयो ।
कार्यक्रममा भिरकाटे नगरपलिकाका प्रमुख छायाराम खनालले स्याङजाकै गहनाको रुपमा रहेको गह्रौसुर मन्दिरको ऐतिहासिक धार्मिक महत्व रहेका कारण मन्दिरलाई थप व्यवस्थापनको आवश्यकता रहेको बताउनुभयो । त्यस्तै गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले जिल्लामा धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलहरुको प्रर्वद्धन गर्दै प्रदेशकै नमुना जिल्लाको रुपमा विकास गर्न हरेक स्थानीय सरकार प्रतिवद्ध रहेको बताउनुभयो । 
चपाकोटकाका नगरप्रमुख शिवकुमार गिरीले गह्रौँसुर धामिर्क स्थललाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा चिनाउनको निमित्त यहाँको भौतिक पुर्वाधारको विकास गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा वालिङ नगरपालिका उपप्रमुख कल्पना तिवारी, भिरकोट नगरपालिका उपप्रमुख सिमा केसीकर्मचार्य, चापाकोटनगरपालिका उपप्रमुख विमला श्रेष्ठलगायतले बोल्नुभएको थियो । कार्यक्रम सुरजप्रताप खांणको सभापतित्वम सम्पन्न भएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...