अहिले तरंगमा

Aandhikhola Khabar

केहि छिनमा

Bhanchhin Aama

समाचार

नेविसंघद्धारा वालिङ प्राथामिक स्वास्थ्य केन्द्रपरिसर सफाई

news

रेडियो आँधीखोला, 
वालिङ २०, फाल्गुन ।
विद्यार्थीद्धारा अस्पताल र धाराको सरसफाई गरिएको छ । राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकता, अहिले नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने भन्ने नाराका साथ नेपाल विद्यार्थीसंघ वालिङनगर समितिले सरसफाई कार्यक्रम सम्पन गरेको छ । 
विद्यार्थीहरुको समुहले गह्रौँ घ्याङलिङ प्राथमिक स्वास्थ्य केन्द्र, र केन्द परिसरमै रहेको कुमाल्दी धारामा सरफाई गरिएको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख दिलिपप्रताप खांणले विद्यार्थी देशकै संवाहक भएकाले विद्यार्थीहरुको यो कार्य निकै स्रहानीय रहेको बताउनुभयो । स्र्माट सिटीको अवधारणमा अगाडि बढीरहेको वालिङलाई विद्यार्थीहरुको सरसफाई कार्यले एउटा ईटा थपेको बताउनुभयो । 
कार्यक्रममा नेपाल शिक्षक संघका क्षेत्रिय सभापति डण्डपानी पंगेनी, नेविसंघका जिल्लाकोषाध्यक्ष धु्रव पंगेनी, जिल्ला सदस्यहद्धोय कमल कुँवर र विदुसा बस्नेतलगायतले अस्पताल हामी मानवजातीका लागी मन्दिर रहेकाले मन्दिर वरिपरि सरसफाई निकै आवश्यक पक्ष रहेको बताउनुभयो । नगरसभापति दिक्षान्त खांणको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव जनक लामिछानेले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...