अहिले तरंगमा

केहि छिनमा

Bhanchhin Aama

समाचार

नमुना कृषि उपज बजार व्यवस्थापन सहकारी गैह्राथोकको १२औँ साधारणसभा

रेडियो आँधीखोला, 
वालिङ २०, फाल्गुन ।
नमुना कृषि उपज बजार व्यवस्थापन सहकारी संस्था लिमिटेड भिरकोट ४ गैह्राथोकको १२औँ साधारण सभा तथा ५औँ अभिवेसन आज सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै भिरकोट नगरपालिका प्रमुख छायराम खनालले सहकारी संस्थाले कृषकहरुको हितका लागी बनाएका योजनाहरुमा नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो । साथै संस्थाले कृषि पकेट क्षेत्र बनाई एक गाउँ एक उत्पादनमा जोड दिनुभयो । 
कार्यक्रममा कार्यक्रममा समाजसेवीहरु दामोदर तिवारी, डिलबहादुर श्रेष्ठलगायतले बोल्नुभएको थियो । कार्यक्रममा अध्यक्ष डिल्लीराज कोईरालाले संस्थाको ७१ लाख ६७ हजार २ सय २० रुपैँया ६० पैसा बराबरको आयव्याय प्रस्तुत गर्नुभएको थियो भने लेखा संयोजक डोलराज ढुङगानाले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
यसैबीच अधिवेसनले भिमनिधि तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा यामप्रसाद रेग्मी, सचिवमा शोभाकान्त पौडेल, सहसचिवमा कृष्णप्रसाद पौडेल, कोषाध्यक्षमा सिता रेग्मी रहनुभएको छ भने सदस्यहरुमा भुमिकला ढुङगाना, कान्ती अर्याल, गंगाकुमारी गिरी, पार्वती ढुङगाना, चन्द्रबहादुर खवास, दुर्गा रेग्मी रहनुभएको छ । त्यस्तै लेखा संयोजकमा दामोदर तिवारी सदस्यहरमा हुमनाथ गिरी र सारदा अर्याल रहनुभएको छ । संस्थाका अध्यक्ष डिल्लीराज कोईरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव हुमाकान्त पौडेल र स्वागत सदस्य राधाकृष्ण अर्यालले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...