अहिले तरंगमा

केहि छिनमा

Khulduli.com

समाचार

मृगौला फेल भएका पिडितलाई रकम हस्तान्तरण

news

रेडियो आँधीखोला
वलिङ, २३ फाल्गुन ।
मृगौला फेल भएका पिडितलाई रकम हस्तान्तरण हस्तान्तरण गरिएको छ । स्याङजाको भिरकोट नगरपालिका वडा नं. ९ पञ्चासेका ३४ वर्षीय युवालाई दुईवटै मृगौला फेल भएपछि सञ्चारकर्मी, शिक्षक तथा समाजसेवी टिकराज गुरुङले सामाजिक सञ्जालमार्फत गुरुङको उपचारार्थ सहयोग अभियान जारी राख्नुभएको छ । यसैक्रममा मंगलबार शिक्षक गुरुङले देश तथा विदेशबाट संकलित रकम १ लाख ७९ हजार ५ सय ५४ रुपैँया पिडित लिलबहादुरलाई हस्तान्तरण गर्नुभएको हो । गुरुङले भन्नुभयो, “सेवा नै धर्म हो भन्ने हेतूले लिलबहादुरको उपचारमा सहजता मिलोस भन्दै मैले सामाजिक सञ्जालमार्फत सहयोगका लागी अभियान चलाएको हुँ ।” लिलबहादुरको जिवनले नयाँ जिवन पाउँछ भने देश विदेशमा जोडिन सजिलै सकिने फेसबुकको माध्यमबाट मैले यो अभियान चलाएको हु, गुरुङले भन्नुभयो ।
दुवईबाट संकलित रकम १ लाख १५ हजार ६ सय, हङकङबाट २७ हजार, कुवेतबाट १४ हजार, तमूसमाजबाट ५ हजार, देव गुरुङबाट ५ हजार, कृष्ण खांणबाट ३ हजार र नेपाल आदर्श विद्यालयबाट ९ हजार ९ सय ५४ गरी उक्त रकम हस्तान्तरण गरिएको सञ्चारकर्मी गुरुङले बताउनुभयो । यसअगाडि र यसपटक गरी गुरुङको एक्लो पहलमा मात्रै ४ लाख ६५ हजार ५ सय ५४ रुपैँया पिडितलाई हस्तान्तरण गरिएको हो । पिडित गुरुङको दुवै मृगौला फेल भएपछि अहिले पोखरामा उपचार गराईरहनुभएको श्रीमती अनु गुरुङले बताउनुभयो । ५ वर्ष विदेशमा ड्राईभरको काम गरेका गुरुङ पोहोरसाल मात्रै नेपाल र्फकनुभएको थियो । 
२ महिना अगाडि मात्रै गुरुङको दुवै मृगौला फेल भएको वुटवलमा चेकजाँचका क्रममा थाहा भएको हो ।  ४ जनाको परिवार रहेका गुरुङलाई बुटवल, काठमाडौँमा उपचार भैसकेको छ भने अहिले गण्डकी मेडिकल कलेज पोखरामा उपचार भैरहेको छ । श्रीमती अनुले भन्नुभयो, “२ जना छोरीहरुसहित ४ जनाको परिवार छौँ, कमाएर ल्याउनेलाई यस्तो भएपछि हामी समस्यामा परेका छौँ” । 
सरकारले मृगौला प्रत्यारोप निशुल्क रुपमा गरेपनि सरकारी प्रक्रिया धेरै लामो र झण्झटीलो हुने, विरामीको अन्तिम अवस्थासम्म पनि सरकारी पक्रियाले पुर्णता नपाउने भएपछि विरामीहरु प्राईभेटमै उपचार गराउन लागीपरेको देखिन्छ ।