अहिले तरंगमा

Desh Paradesh

केहि छिनमा

Nepal Bani Khabar

समाचार

भ्रष्टाचार नियन्त्रणमा आयोगको भूमिका विषयक अन्र्तक्रिया

रेडियो आँधीखोला
वलिङ, २३ फाल्गुन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको आयोजना तथा जिल्ला प्रशासन कार्यालय स्याङ्जाको संयोजनमा भ्रष्टाचार नियन्त्रणमा आयोगको भूमिका बिषयक अन्र्तक्रिया गरिएको छ । अन्र्तक्रियाको उदघाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दासले सबैले आ आफनो जिम्मेवारी पुरा गरेमा भ्रष्टाचार नियन्त्रण हुने बताउदै सबैले पदीय जिम्मेवारी पुरा गर्न आग्रह गर्नुभयो । 
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी महेश आचार्य, पुतलीबजार नगरप्रमुख सीमा क्षेत्री, भीरकोट नगरप्रमुख छायाराम खनाल, पुतलीबजार उपप्रमुख महेश पुरी, वालिङ उपप्रमुख कल्पना तिवारी, प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मी, लेखापाल निलकण्ठ ढकाल लगायतले सुझाव एवं जिज्ञासा ब्यक्त गर्नुभएको थियो ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका सहसचिव यदुप्रसाद पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपसचिव रमेश ढकालले स्वागत एवं जानकारी गराउनुभएको थियो । 
 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...