अहिले तरंगमा

केहि छिनमा

समाचार

गर्भवतीहरुलाई अण्डा दिन्छ नगरपालिका

रेडियो आँधीखोला
वलिङ, २३ फाल्गुन ।
स्याङजाको भिरकोट नगरपालिका ८ र ९ वडाका ४१  जना गर्भवती महिलाहरुका लागी ४१ क्यारेट अण्डा वितरण गरिएको छ । नगरपालिकाले शुरु गरेको अण्डा वितरण कार्य मंगलबार ८ र ९वडाका स्वस्थ्य चौकीहरुमार्फत अण्डा वितरण गरिएको हो ।  गर्भवती महिलाहरुको पोषणलाई मध्यनजर गर्दै स्वास्थ्यकर्मीहरुद्धारा गर्भअवस्थामा पोषण र हेरचाहका बारेमा जानकारी दिँदै महिलाहरुका लागी अण्डा वितरण गरिएको नगरपालिकाले जनाएको छ । 
गर्भ रहेको ३ महिनाबाट दिन शुरु गरिएको अण्डा शिशू जन्मने समयसम्म रहनेछ । नगरप्रमखु छायराम खनालले भन्नुभयो, “गर्भवती महिलाहरुलाई समय समयमा स्वास्थ्य संस्थामा गर्भ परिक्षण गर्नुपर्छ र आईरन, क्याल्सियमसंगै पोषणको पनि त्यतिकै आवश्यक पर्ने भन्दै नगरपालिकाले नगरपालिकाभित्र रहेका गर्भवती महिलाहरुका लागी शिशु नजन्मिदासम्मका लागी अण्डा वितरण गर्नेछ” । महिलाहरुलाई दिनको एउटा अण्डाका दरले हरेक महिना अण्डा दिईनेछ । नगरपालिकाको यो पोषण कार्यक्रम निकै सकरात्मक रहेको महिलाहरुको प्रतिक्रिया दिएका छन्।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...