अहिले तरंगमा

Bani Bahas

केहि छिनमा

Aandhikhola Khabar

समाचार

भूपू सैनिक कोकाकोला प्रतियोगितामा स्याङ्जाबाट छनोट

news

तोलाकान्त बगाले
वालिङ, ९ साउन
भूपू सैनिक उच्च माध्यमिक विद्यालय कोकाकोला अन्र्तविद्यालय छात्र फुटवल प्रतियोगितामा छनोट भएको छ । वालिङ खेल मैदानमा शनिबार सम्पन्न फाईनल खेलमा बालविद्या विकास उच्च माध्यमिक विद्यालय वालिङलाई २–१ गोल अन्तरले पराजित गरी स्याङ्जा जिल्लाको नेतृत्व गर्दै क्षेत्रीय प्रतियोगिताकालागि छनौट भएको एन्फा स्याङ्जाका प्रबक्ता भीमप्रसाद पंगेनीले बताउनुभयो । एन्फाको केन्द्रीय कार्यक्रम अनुसार भएको उक्त प्रतियोगितामा जिल्लाका कूल १६ माध्यमिक विद्यालयहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेता बनेको भूपू सैनिक उच्च मावि वालिङले आगामी साउन २४ गतेदेखि तनहुँमा हुने क्षेत्रीय प्रतियोगितामा जिल्लाको प्रतिनिधित्व गर्ने छ ।