अहिले तरंगमा

Nepali khabar

केहि छिनमा

Kayakairan

समाचार

विश्व क्षयरोग दिवस स्याङजामा पनि मनाईयो

news

रेडियो आँधीखोला ,
वालिङ, ११ फाल्गुन ।
विश्व क्षयरोग दिवस शनिबार स्याङ्जामा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाईएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख सिता सुन्दासले महामारीको रुपमा फैलिन लागेको क्षयरोगलाई सबै मिलेर
सुन्य बनाउनु पर्ने बताउनुभयो । उहाँले सरकारको लगानी धेरै रहेको
स्वाथ्यमा कसैको हेलचेक्राईबाट रोगीको संख्यामा बृद्धि र बिकास हुन नहुने
बताउनुभयो । कार्यक्रममा डा. अमृत पोखरेलले महिलाको तुलनामा क्षयरोग पुरुषहरुमा बढी देखिएको बताउनुभयो । दुई जना पुरुष बराबर एक जना महिलालाई क्षयरोग लागेको बताउदै डाक्टर पोखरेलले मृत्यु भने बिपरित भएको बताउनुभयो । कार्यालयको तथ्यांक अनुसार १५ बर्षदेखी ५० बर्ष उमेर समुहका मानिसमा क्षयरोग बढी देखिएको बताउनुभयो । उहाँले क्षयरोगीहरुले ६ महिनासम्म नियमित औषधी सेवन गर्नुपर्ने बताउनुभयो । 
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष ओम प्रकाश शर्मा, हिरादेबी शर्मा, राजेन्द्र पराजुली, क्षयकुष्ट निरिक्षक कृष्ण लामिछाने लगायतले मन्तब्य राख्नु भएको थियो । यस्तै बिश्व क्षयरोग दिवसका अवसरमा नेपाल क्षयरोग निवारण संस्थाले फलफुल बितरण गरेको छ । जिल्ला अस्पतालमा रहेका बिरामीलाई फलफुल बितरण गरिएको हो । कार्यक्रममा अस्पताल बिकास समितिका अध्यक्ष दिर्घनारायण शर्माले क्षयरोगका बिरामीलाई समयमै अस्पतालमा उपचारको लागि पुराए निको हुने बताउनुभयो । 
कार्यक्रममा संस्थाको केन्द्रिय सदस्य हिरादेबी शर्मा, डा अमृत पोख्रेल, संस्थाका सदस्य ख्याम नारायण अधिकारी, भरतमणी पोख्रेल, मखमली शर्मा, सल्लाहकार डिल बहादुर मोची लगायतले मन्तब्य राख्नु भएको थियो । फलफुल बितरण समितिका संयोजक फलफुल सौजन्यदाता देबेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सदस्य टंक प्रसाद श्रेष्ठले गर्नु भएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...