अहिले तरंगमा

Kayakairan

केहि छिनमा

Nepali Bahas

समाचार

सहकारीद्धारा डस्टविन वितरण

news

रेडियो आँधीखोला ,
वालिङ, ११ फाल्गुन ।
स्याङजामा एक सहकारीद्धारा समुदायको लागी डस्टवीन वितरण गरेको छ । स्याङजाको वालिङ २ मा रहेको अर्मादी बचत तथा श्रृण सहकारी संस्थालिमिटेडले डस्टविन वितरण गरेको हो ।  कार्यक्रममा बोल्दै वालिङनगरकार्यपालिका उपप्रमख कल्पना तिवारीले सहकारीले आर्थिक कारोबार मात्र नगरी यसरी सभ्य समाज निर्माणका लागी खेलेको यो भुमिका प्रसंशनीय रहेको बताउनुभयो । संस्थाद्धारा चालिएको यो कदमले समुदायका नागरिकहरुलाई स्वास्थ्यमा समेत सकरात्मक प्रभाव पार्ने बताउनुभयो । 
कार्यक्रममा वडा नं. २ का अध्यक्ष पोतप्रसाद लम्सालले सरसफाई ऐन २०६४ का बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा सरसफाई संयोजक घनश्याम अधिकारी र सहकारी संस्थाका व्यवस्थापक किशोर रेग्मीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । संस्थाका अध्यक्ष माधवप्रसाद रेग्मीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । वालिङ २ रत्नेदेखि कोलखोला सम्मका बजार क्षेत्रका लागी नकुहिने वस्तु संकलनका लागी डस्टविन वितरण गरेको सहकारी संस्थाले जनाएको छ ।  
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...