अहिले तरंगमा

Cine Songs

केहि छिनमा

National News

समाचार

नेविसंघ ईकाइसमितिहरुको भेला दहथुममा सम्पन्न

news

रेडियो आँधीखोला ,
वालिङ, ११ फाल्गुन ।
नेपाल विद्यार्थी संघ क्षेत्र नं. २ स्याङजाको आयोजनामा भिरकोट नगरपालिका भित्रका नगरस्तरीय ईकाइसमितिहरुको भेला शनिबार भिरकोट स्थित दहथुम माविमा सम्पन्न भएको छ । 
भेलामा बोल्दै नेविसंघका जिल्ला सभापति अजित क्षेत्रिले राष्ट्रियता  लोकतन्त्र र समाजवाद बोकेको नेपाली कागे्रस पार्टीको भातृ संस्था नेविसंघ विद्यार्थीहरुको हकहितका लागी कटिवद्ध रहेको बताउनुभयो । साथै  उहाँले कम्युनिष्ट र लोकतन्त्रबीच धेरै अन्तर रहेकाले राष्ट्रिय लोकतन्त्रका लागी नेविसंघ अन्र्तगतका विद्यार्थीहरु सक्रिय हुनुपर्ने बताउनुभयो । कार्यक्रममा पिएन क्याम्पस पोखरा नेविसंघका विनोद केसी, स्याङजा जिल्ला कोषाध्यक्ष धु्रव पंगेनी, नेविसंघ जिल्ला सदस्यहरु कमल कुँवर, विदुसा बस्नेत, दहथुम माविका पुर्वईकाइ सभापति लक्ष्मण अधिकारी, भाग्योदय माविका पुर्व सभापति सुशान्त केसीलगायतले बोल्नुभएको थिए । 
नेविसंघ क्षेत्रिय सभापति विश्वास लम्सालको सभपातित्वमा सम्पन्न कार्यक्रममा स्वागत वालिङ नगरसभापति दिक्षान्तप्रताप खांण, सञ्चालन क्षेत्रिय सचिव यसिवशरण महत र धन्यवाद खेमनारायण चापाँगाईले गर्नुभएको थियो । यसैबीच नेविसंघ भिरकोट नगरसमिति समेत छिट्टै गठन हुने नेविसंघ क्षेत्रिय सचिव यसिवशरण महतले बताउनुभयो ।