अहिले तरंगमा

Nepali khabar

केहि छिनमा

Kayakairan

समाचार

निशुल्क स्वास्थ्य शिविर

news

 
रेडियो आँधीखोला,
वालिङ ११, चैत्र ।
लायन्स क्लव अफ पोखरा मिड टाउन र लायन्स क्लव अफ मेट्रो सिटि पोखराको संयुक्त आयोजना तथा पश्चिमाञ्चल सामुदायीक अस्पतालको प्राविधिक सहयोगमा एक दिने निशुल्कः स्वास्थ्य शिविर आयोजना गरिएको छ । स्वास्थ्यको पहुँच नपुगेको स्याङ्जाको वालिङ नगरपालिका १३ उदियाचौरमा लायन्स क्लवले एक दिने स्वास्थ्य शिविर आयोजना गरेको हो । ग्रामिण क्षेत्रमा रहेका हरेक नागरिक स्वास्थ्य रहनुपर्छ भन्ने मान्यताका साथ लायन्स क्लवले हरेक बर्ष हेल्थ शिविर संचालन गर्ने क्रममा वालिङ १३ छनोटमा परेको आयोजकले भनाई छ । 
एक दिने स्वास्थ्य शिविरको उदघाटन गर्दै वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले ग्रामिण जनताको घर आँगनमा आएर निशुल्क स्वास्थ्य शिविर प्रदान गरेकोमा लायन्स क्लवले प्रशंसनीय कार्य गरेको उल्लेख गरे । 
स्थानीयतहमा गएपछि वालिङ १३ वार्डमा एउटा पनि सरकारी स्वास्थ्य चौकी नभएकाले यो शिविरले यहाँका जनतालाई ठुलो राहत मिलेको नगर प्रमुख खाँणको भनाई थियो । केही क्लवहरु शहरमुखी भइरहेका बेला यो क्लवले ग्रामिण क्षेत्रमा शिविरको आयोजना गरि सबै खाले स्वास्थ्य परिक्षण गर्नु आफैमा गर्वको विषय बनेको खाँणको भनाई थियो । 
शिविरमा पुर्व सांसद मुक्ति पाठक, वालिङ १३ का वडा अध्यक्ष आनन्द पाठक, क्लवका जोन पर्सन कृष्णराज पोखरेल, अध्यक्ष ठाकुर प्रसाद अधिकारी, विशाल गुरुङ्, मेड टाउनका सचिव रविराज भुट्र्याल, आनन्द पौडेल, सहजकर्ता भिमप्रसाद न्यौपाने, शिविर संयोजक बुद्धिप्रसाद भण्डारी लगायतका बक्ताहरुले स्वास्थ्यको पहुँच नपुगेको ग्रामिण क्षेत्रमा स्वास्थ्य शिविरले जनता लाभान्वित हुने विश्वास व्यक्त गर्नुभएको थियो । 
शिविरमा फिजिसियन, गाईनो, महिलाको पाठेघर सम्वन्धी, इसिजि, एक्सरे भिडियो, जनरल सेवा लगायतका स्वास्थ्य परिक्षणका साथै निशुल्क औषधी वितरण गरिएको थियो । शिविरमा करिव ५ सय जनता प्रत्यक्ष लाभान्वित भएको आयोजकले जनाएको छ । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...